सन् २०१६ का उत्कृष्ट फिल्म

शुक्रबार, १५ पुष २०७३, १२ : २६ शुक्रवार , Kathmandu
सन् २०१६ का उत्कृष्ट फिल्म

प्रतिष्ठित भारतीय पत्रिका ‘इन्डियन एक्सप्रेस’ले साल २०१६ मा आएका उत्कृष्ट १० फिल्मको सूची तयार गरेको छ ।

एयरलिफ्ट
सत्य घटनामा आधारित यो फिल्मको मुख्य भूमिकामा अक्षय कुमार छन् । सन् १९९० मा इराकले कुवेतमाथि आक्रमण गरेपछि त्यहाँ रहेका हजारौँ भारतीय नागरिकलाई भारत फर्काउन प्रसिद्ध व्यापारी माथुनी म्याथ्युजले गरेको प्रयत्नमा यो फिल्म आधारित छ ।
नीरजा
एयर होस्टेस नीरजा भनोटमाथि बनेको बायोपिक हो यो । उनले अपहरणमा परेको जहाजभित्र रहेका मानिसलाई बचाउन आफ्नो ज्यान गुमाएकी थिइन् । फिल्ममा अभिनेत्री सोनम कपुर नीरजाको भूमिकामा छिन् ।
अलीगढ
एक जना समलिंगी प्राध्यापकको कथामा आधारित फिल्म हो, अलीगढ । समलिंगी सम्बन्ध अत्यन्त आपत्तिजनक मानिने समयको कथामा बनेको फिल्ममा मनोज बाजपेयी प्रमुख भूमिकामा छन् ।
कपुर एन्ड सन्स
पारिवारिक अन्तद्र्वन्द्वको कथा यस फिल्ममा देखाइएको छ । सिद्धार्थ कपुर, आलिया भट्ट, फवाद खान, ऋषि कपुर, रत्ना पाठक र रजत कपुरले फिल्ममा अभिनय गरेका छन् ।
फ्यान
यस फिल्ममा शाहरूख खान मुख्य भूमिकामा रहेका छन् । फिल्ममा उनी सुपरस्टार र फ्यान दुइटा भूमिकामा देखिएका छन् । आफूजस्तै देखिने स्टारप्रति फ्यानको आसक्ति फिल्ममा देखाइएको छ ।
नील बट्टे सन्नाटा
शहरमा आमा र छोरीले हरेक दिन गर्ने दुःखलाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा स्वरा भास्कर आमाको भूमिकामा छिन् भने रिया शुक्ल छोरी बनेकी छिन् ।
फोबिया
एगोराफोबियामा आधारित फिल्म हो, फोबिया । यो फोबियाबाट ग्रस्त मानिस अन्जान र खुला अथवा सार्वजनिक ठाउँमा जान डराउँछ । फिल्ममा मुख्य भूमिकामा राधिका आप्टे छिन् ।
उडता पंजाब
रिलिज हुनअघि नै विवादमा फसेको फिल्म हो यो । ‘ए’ सर्टिफिकेट प्राप्त यो फिल्म लागुऔषधको विषयमा आधारित छ । यसमा शाहिद कपुर र आलिया भट्ट प्रमुख भूमिकामा छन् ।
सुल्तान
हरियाणाको एउटा सानो गाउँमा बस्ने पूर्वपहलमानको कथामा आधारित फिल्म हो, सुल्तान । फिल्ममा सलमान खान मुख्य भूमिकामा छन् ।
पिंक
भारतको राजधानी दिल्लीमा बस्ने तीनटा कामकाजी महिलामाथि बनेको फिल्म हो, पिंक । फिल्ममा अमिताभ बच्चन वकिलको भूमिकामा रहेका छन् । तापसी पन्नू, कीर्ति कुल्हारी र एन्ड्रिया तारियांग लगायतले अभिनय गरेका छन् ।
दंगल
वर्षको अन्त्यमा रिलिज फिल्म ‘दंगल’ भारतीय पहलमान महावीर फोगटको जीवनमा आधारित फिल्म हो । फिल्ममा महावीरको भूमिका आमिर खानले निर्वाह गरेका छन् ।

Leave A Comment