मिस नेवाःको अडिसन राउन्ड सम्पन्न

आइतबार, १७ पुष २०७३, ११ : १६ शुक्रवार , Kathmandu
मिस नेवाःको अडिसन राउन्ड सम्पन्न

‘मिस नेवाः ११३७’ को बाह्रौँ संस्करणको अडिसन राउन्ड सम्पन्न भएको छ । होटल यलो पेगोडामा भएको अडिसनमा भाइराजा तुलाधर, मिस नेवा सुनीता ढंगोल, रोजिना शाक्य, उज्जवल कृष्ण श्रेष्ठ, जीवेश्वरलाल श्रेष्ठलगायत निर्णायक रहेका थिए । यस राउन्डबाट ३५ प्रतियोगी छानिएका छन् । १ जनवरीदेखि प्रतियोगीहरूको तालिम सुरु हुने आयोजक नेप्लिज फेसन होमले जनाएको छ । ३० देखि ४५ दिनसम्म हुने तालिम अवधिमा प्रतियोगीहरूलाई नेवारी संस्कृति र परम्पराबारे सिकाइने आयोजकको भनाइ छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा माघ २४ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।

 

Leave A Comment