इन्फेक्सनको कारण यौनसम्पर्कको रुचि घट्दो

सोमबार, १८ पुष २०७३, ११ : ०२ शुक्रवार , Kathmandu
इन्फेक्सनको कारण यौनसम्पर्कको रुचि घट्दो

म विवाहित पुरुष हुँ । श्रीमतीसँग यौनसम्पर्क गर्ने बेलामा योनिभित्र लिंग प्रवेश गराउँदा एकदमै पीडा महसुस हुन्छ । जसले गर्दा यौनसम्पर्कको रुचि पनि घट्दै गइरहेको छ । यसको उपचार के होला ?
पी.

यौनसम्पर्कका बेला योनिमा लिंग प्रवेश गराउँदा पीडा तीन चरणमा हुन सक्छ । पहिलो यौनसम्पर्क सुरु गर्नेबित्तिकै योनिभित्र थोरै मात्र लिंग प्रवेश गरेको अवस्थामा पनि पीडा महसुस हुन सक्छ । दोस्रो चरण, भनेको आधा लिंग योनिभित्र प्रवेश गर्दा र तेस्रो चरणमा योनिभित्र पूरै लिंग प्रवेश गराइसकेपछि पनि पीडा महसुस हुन सक्छ । यी तीन चरणमध्ये पहिलो चरणमा बढी पीडा महसुस हुन्छ भने त्यो फोरप्लेको कमीका कारण हुन सक्छ । तपाईंले प्रश्नमा कुन चरणमा पीडा हुन्छ उल्लेख गर्नुभएको भए जवाफ दिन सजिलो हुने थियो । यौनसम्पर्क राख्नुअघि पार्टनरबीच पर्याप्त मात्रामा फोरप्ले हुन जरुरी छ । यौन उत्तेजनाका लागि एक आपसमा गरिने आलिंगन, चुम्बन, एकअर्काको यौनांग चलाउनेलगायत क्रियाकलाप गरेर श्रीमतीलाई यौनसम्पर्कका लागि पूर्ण रूपमा तयार पारेपछि मात्र योनिभित्र लिंग प्रवेश गराउने हो भने पहिलो चरणको पीडा हुने सम्भावना एकदम कम हुन्छ । फोरप्ले गर्दा योनिमा योनिरस उत्पादन हुन्छ जसले गर्दा यौनसम्पर्क गर्दा पीडा हुँदैन र थप आनन्द प्राप्त हुन्छ ।
योनिमा इन्फेक्सन भएको छ भने पनि यौनसम्पर्कका बेला पीडा हुन्छ । इन्फेक्सनका कारण योनिरस उत्पादन नभएको हुन सक्छ । एक पटक यौन रोग विशेषज्ञसँग जाँच गराउनुभयो भने इन्फेक्सन भए नभएको पत्ता लाग्छ । ब्याक्टेरियल, मोनोरियल वा ट्रइकोमोनल इन्फेक्सनका कारण पनि यौनसम्पर्कका बेला पीडा हुन्छ । तेस्रो कारण, भनेको हार्मोनल असन्तुलनले गर्दा यस्तो समस्या देखापर्न सक्छ । यसै गरी योनिमार्गको बीचमा दुखाइ हुनुको अर्को कारण लेवेटर एनआई भन्ने मांसपेशी कमजोर हुनु पनि हो । योनिमार्गको अन्तिममा लिंग पुग्दा पीडा हुनुको पछाडि पेल्भिक इन्फ्लामेट्री डिजिज पनि कारण हुन सक्छ । तपाईंको समस्या कुन प्रकारको हो भन्ने पत्ता लगाउन यौन रोग विशेषज्ञ र यौन मनोपरामर्शदातासँग चेकजाँच गराउनुपर्ने हुन्छ ।

म २६ वर्षीया विवाहित महिला हुँ । मेरो छ महिनाको बच्चा छ । बच्चा जन्मनुअघि हाम्रो यौन जीवन एकदम राम्रो थियो । मेरो नर्मल डेलिभरी भएको हो । बच्चा जन्मिएपछि  यौनसम्पर्क गर्दा सन्तुष्टि भएन भनेर श्रीमान् गनगन गर्न थाल्नुभएको छ । बच्चा जन्मिएपछि योनिमा स्टिच गरेर पुरानै अवस्थामा फर्काउन सकिन्छ भन्ने सुनेको छु । बच्चा जन्मिएपछि खुकुलो भएको योनिलाई टाइट पार्ने कुनै उपाय छ कि ?
बी.

कतिपय पुरुष महिलाको योनि कसिलो नभएको कारणले यौनसन्तुष्टि नपाएको कुराले चिन्तित हुने गरेको पाइएको छ । नर्मल डेलिभरी हुँदा योनिमार्ग थोरै फराकिलो भएको हुन्छ । डेलिभरीपछि चिकित्सकले योनि मार्गमा स्टिच अथवा टाँक लगाइ दिने गरेका छन् । तर, बच्चा जन्मिएपछि योनि खुकुलो हुन्छ र सेक्स गर्दा मजा आउँदैन भन्ने भ्रमका कारण धेरै पुरुषहरूले श्रीमतीसँग असन्तुष्टि व्यक्त गर्ने गरेका छन् ।
महिला सम्भोगको लागि तयार नभएको अवस्थामा पनि योनि कसिलो हुन्छ । अर्को कारण, पर्याप्त मात्रामा प्राक्क्रीडा नगरेको कारण उत्तेजनामा आउन नसक्दा पनि योनि कसिलो हुन्छ । उक्त बेला योनिमार्गमा पर्याप्त मात्रामा यौनरस पनि निस्केको हुँदैन । यस्तो बेलामा यौनसम्पर्क गर्दा महिलालाई पीडा हुन्छ । तर, पुरुषहरू चाहिँ कसिलो योनिमा सम्भोग गर्न पाएकोमा गर्व गर्छन् । वास्तवमा योनिमा तनावको कारण संकुचित भएकोले कसिलो भएको भन्ने कुरा बुझ्नु आवश्यक छ । अतः महिला सम्भोगको लागि पूर्ण रूपमा तयार हुँदा योनि सधँै लचकदार हुन्छ ।
प्रायः महिलालाई ३० मिनेटजति प्राक्क्रीडाको लागि समय दिनुपर्छ । प्राक्क्रीडा गर्दा प्रेमपूर्ण रूपमा अंकमाल, चुम्बन, शरीरभरि स्पर्श गर्नु आवश्यक हुन्छ । यसो गर्दा महिलाको योनिको तनावपूर्ण संकुचन कम भई योनि लचकदार हुन्छ । यस्तो बेलामा उत्तेजित लिंग पसाउनु राम्रो हुन्छ ।
महिला उत्तेजनामा आएर सम्भोगमा उत्रदा प्राकृतिक रूपमा नै योनि लचकदार हुन्छ । जुन बेला योनिको मांसपेशी तनाव नभएर विश्राममा हुन्छ, यस्तो अवस्थालाई पुरुषहरू महिलाको योनि लुज भएको ठानेर कुमारीत्व भंग भएकोसम्म सोच्ने गर्दछन् । यसले पुरुषमहिलाको सम्बन्धमा पनि खलल पैदा हुन सक्छ ।
महिलाको योनिको खुकुलोपन सम्भोगपश्चात् कायम रहन्न । कतिपयले धेरै सम्भोग गरेर योनि खुकुलो भएको ठान्छन् । यो पनि गलत धारणा हो । सम्भोग धेरै वा थोरै गरेर योनि कसिलो वा खुकुलो हुने हुँदैन । योनिको मांसपेशीको विशेषता भनेको जस्तो आकारको लिंगसँग ठीक हुन सक्छ । त्यही सानो योनिबाट बच्चा जन्मन्छ । बच्चा जन्मिएको केही समयमा फेरि योनि पुरानै आकारमा पुग्दछ । यो नै योनिको विशेषता हो ।
केही महिलामा बच्चा जन्माएपछि योनिको मांसपेशी पुरानै आकारमा आउन समय लाग्ने वा केही खुकुलो हुन सक्छ । यस्तो अवस्थामा योनिसम्बन्धी केही कसरत गर्न सकिन्छ ।
योनिको मांसपेशीलाई कसिलो पार्न केगेल कसरत गर्न सकिन्छ । यो कसरत आफैँले कुनै पनि बेला, कुनै पनि स्थानमा बसेर गर्न सकिन्छ ।
केगेल विधि गर्दा पिसाब फेर्दा मांसपेशीलाई खुम्च्याउने र पिसाब रोक्ने प्रयास गर्नुपर्छ । यसलाई सुरुमा एक सेकेन्डसम्म योनि खुम्च्याउने, खुकुलो बनाउने यसलाई बढाएर पाँच सेकेन्डसम्म पु¥याउनुपर्छ । बिस्तारै यसलाई १० देखि १५ सेकेन्डसम्म खुम्च्याउने, खुकुलो बनाउने गर्नुपर्छ । यसलाई दिनमा धेरै चोटिसम्म गर्न सकिन्छ । नियमित केही हप्तासम्म केगेल कसरत गरेमा योनिको मांसपेशीमा कसिलोपन आउँछ । भेजाइनल रिकन्सट्रक्सन (योनि टाइट पार्ने) र ल्याबिया रिडक्सन (योनि सानो पार्ने) कस्मेटिक सर्जरी गरेर पनि योनि टाइट पार्न सकिन्छ ।

 

Leave A Comment