त्यस्तै प¥यो भने एउटा हिट फिल्म नदेखी कलाकार ‘फेजआउट’ हुन्छन् । बिचरा महानायक राजेश हमालले नै आफ्नो फिल्म हिट भयो भन्ने नसुनेको दशक नाघिसक्यो । ५० भन्दा बढी फिल्म खेलेका सुमनसिंह यही पिरले उद्योग नै छाडेर विदेश पलायन भए । अभिनयका कारण सधैँ प्रशंसा पाउने गरेकी अभिनेत्री केकी अधिकारीले पनि अहिलेसम्म हिट फिल्मको ‘क्रेडिट’ लिन पाएकी छैनन् । यस्तोमा नवअभिनेत्री वर्षा राउतले भने ‘ब्याक टू ब्याक’ तीन हिट फिल्म दिएकी छिन् । ‘नाइँ नभन्नू ल ४’, ‘६क्का पन्जा’ र ‘जात्रा’ । तीन वटा फिल्ममा नै दर्शकको नजरमा वर्षा जमेकी छिन् र वर्षालाई फिल्मकर्मीले पनि ‘लक्की चार्म’ मान्न थालेका छन् । यस्तोमा उनलाई फिल्ममा लिन चाहने निर्माताको संख्या बाक्लिँदै गएको छ । वर्षा पनि के कम, मौकामा चौका हान्दै उनले आफ्नो पारिश्रमिक बढाएकी छिन् । र, बलिउड निर्देशक विवेक शर्माले बनाउन लागेको फिल्म ‘मेरो पैसा खोइ ?’ यसको पहिलो शिकार बनेको छ ।
स्रोतका अनुसार रोज राणाले बनाउन लागेको यो फिल्ममा वर्षा राउतलाई रोल अफर गर्दा उनले आफूले फिल्मका लागि साढे तीन लाख लिने बताएकी थिइन् । निर्माण पक्ष उनको यो पारिश्रमिक सुनेर जिब्रो टोक्दै विकल्पको खोजीमा लागेको थियो । तर, वर्षालाई ‘रिप्लेस’ गर्न सक्ने अनुहार नभेटेपछि अन्ततः राणाले उनलाई मागेको पैसा दिएर अनुबन्ध गरे । र, उनले लिएको यो रकम सम्भवतः पछिल्लो पुस्ताका नेपाली हिरोइनले लिइरहेकोभन्दा बढी हो । यसअघि ड्रिम्स डेब्यू साम्राज्ञीराज्यलक्ष्मी शाहले एक लाखबाट पारिश्रमिक बढाएर पाँच लाख पु¥याएकी थिइन् । पाँच लाख भनेर साम्राज्ञीले त्यसपछि धेरै निर्माता तर्साए पनि उनले दोस्रो फिल्म ‘मेरो हजुर २’ तीन लाख रुपैयाँ लिएर खेलेकी थिइन् । वर्षाले साढे तीन लाख डिमान्ड गरेको त साँचो हो । तर, रोज राणाले वर्षाले मागेजति रकम दिएको हो भने वर्षा साम्राज्ञीभन्दा महँगी भइनन् त ?
Leave A Comment