स्टेजमा लडेका कलाकार विष्णुभक्तको निधन

बुधबार, २० पुष २०७३, १० : ३६ शुक्रवार , Kathmandu
स्टेजमा लडेका कलाकार विष्णुभक्तको निधन

नेपाली रंगमञ्चमा सक्रिय कलाकार विष्णुभक्त फुँयाल मंगलबार राजधानीमा नाटक खेल्दाखेल्दै निधन भएको थियो। ७९ वर्षका उनी राष्ट्रिय नाचघरमा ‘महर्षि याज्ञवल्क्य’ नाटक खेल्दै थिए । राष्ट्रिय नाचघरमा ‘महर्षि याज्ञवल्क्य’ नाटकमा संवाद बोल्दाबोल्दै बेहोस भएका उनीको वीर अस्पतालमा निधन भएको थियोे।
जमलस्थित राष्ट्रिय नाचघरमा करिब तीन महिनाको रिहर्सलपछि आइतबारबाट ‘महर्षि याज्ञवल्क्य’ नाटक मञ्चन थालिएको थिए । सत्य मोहनजोशी लिखित नाटकले ऋषि याज्ञवल्क्यको जीवनलाई रंगमञ्चमा प्रस्तुत गरिएको थियो। नाटक सकिन आधा घन्टा बाँकी हुँदा नै नाटकको दृश्य माझैं बेहोस भए उनलाई वीर अस्पताल पु¥याए लगत्तै आधा घन्टापछि डाक्टरले मृत घोषित गरेका थिए ।
सन् १९९४ भदौ २३ मा भक्तपुरमा भएको उनले २०१९ सालमा पहिलो पटक नेवारी नाटक ‘कर्मया भोग’ मा अभिनय गरेका थिए ।

 

Leave A Comment