निर्माता संघमा आकाश

शुक्रबार, २२ पुष २०७३, ११ : १८ शुक्रवार , Kathmandu
निर्माता संघमा आकाश

चलचित्र निर्माता संघको अध्यक्ष पदमा आकाश अधिकारी निर्विरोध निर्वाचित भएका छन् । गत शुक्रवार सम्पन्न निर्माता संघको १४ औँ साधारण सभाले पदाधिकारीसँगै नौ सदस्य निर्विरोध रूपमा चुनेको हो ।
चुनावी अधिवेशनले उपाध्यक्षमा माधव वाग्ले र गोविन्द शाहीलाई सर्वसम्मत चुनेको थियो । महासचिवमा निर्माता रोज राणा, सचिवमा छविराज ओझा र कोषाध्यक्षमा सुशील पोखरेल क्रमशः निर्विरोध भएका थिए ।  
निर्माता संघको सदस्य पदमा करिश्मा मानन्धर, दीपकराज गिरी, निकिता पौडेल, दीपेन्द्र के. खनाल, भानुप्रताप, चेतन सापकोटा, रोहित अधिकारी, अर्जुन कुमार, रौनक विक्रम कँडेल निर्विरोध नै निर्वाचित भएका छन् । विधान संशोधनपछि निश्चल बस्नेत र सुशान्त श्रेष्ठलाई सदस्य पदमा ल्याइनेछ भने केशव भट्टराईलाई वरिष्ठ उपाध्यक्ष पदमा ल्याइने भएको छ ।  

 

Leave A Comment