कर्मा–सुरविनाको लुकामारी

शुक्रबार, १० असार २०७३, ०४ : २३ शुक्रवार , Kathmandu
कर्मा–सुरविनाको लुकामारी

अभिनेत्री सुरविना कार्की अभिनेता कर्मा शाक्यको फ्यान हुन् । फिल्म ‘लुकामारी’मा आफूलाई मन पर्ने अभिनेतासँग काम गर्न पाउँदा उनी फुरुङ्ङ छिन् । यतिमात्र होइन, अहिले उनीहरूको मित्रता पनि खूब जमिरहेको छ । फिल्मको प्रचारप्रसारमा सँगै दौडिन थालेका छन् । अन्तर्वार्तामा खुलेर कुरा गरिरहेका छन् । हालै मज्जाको टिभीसँगको एक कुराकानीमा सुरविनाले कर्माको खुलेर प्रशंसा गरिन् । ‘अभिनयमा डुबेर काम गर्नुहुन्छ उहाँ । त्योबाहेक उहाँको आँखा अलिकति नशालु रहेछ,’ उनले भनिन् । ‘सुरविनाजीको त फिगर नै नशालु । मुस्कान र हेराइ पनि त्यस्तै,’ कर्माले पनि प्रशंसा फर्काएका छन् । कर्माको तारिफ सुनेर सुरविना मक्ख छिन् । ‘यसरी तारिफ त अहिलेसम्म मैले कहिले पनि पाएको थिइनँ,’ उनले भनेकी थिइन् । सुरविनाले कर्मासँग सुटिङ सेटमा ‘लुकामारी’ हुने गरेको स्विकारिन् । ‘उहाँ सेटमा त्यति बोल्नुहुन्नथ्यो,’ सुरविनाले भनेकी छिन्, ‘म खोजिरहेको हुन्थेँ, उहाँ लुकिरहनुहुन्थ्यो । फिल्ममा सँगै काम गर्दा एकअर्कासँग नजिक हुनुपर्छ, खुल्नुपर्छ भन्ने मलाई लाग्थ्यो ।’

 

 

Leave A Comment