‘सिन्ड्रेला नेपाल–२०१६’को उपाधि रितिशा थापाले जितेकी छिन् । राजधानीमा प्यासिफिक इभेन्ट म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा उनले उपाधि आफ्नो पोल्टामा पारेकी हुन् ।
प्रतियोगितामा स्लेशा कार्की फस्ट रनरअप र प्रमिति भण्डारी सेकेन्ड रनरअप भए । रोजिन शाक्य र विपना थापाको कोरियोग्राफी रहेको प्रतियोगितामा कृतिका तामाङ मिस ट्यालेन्टेड, अदिति भट्टराई बेस्ट ड्रेस र एन्जेलिना पराजुलीले फोटो जेनिक अवार्ड पाए ।
Leave A Comment