चम्किलिन् त जेनिशा ?

शुक्रबार, १० असार २०७३, ०४ : २६ शुक्रवार , Kathmandu
चम्किलिन् त जेनिशा ?

आफ्नो करिअर चम्कियोस् भन्ने चाहना प्रायः कलाकारमा हुन्छ । त्यो हट हिरोइनको छवि बनाएकी अभिनेत्री जेनिशा केसीमा पनि छ । भर्खरै उनी अभिनीत फिल्म ‘एक्सन’ फ्लप भयो । यो फिल्मबाट आफूले निकै आशा राखेको छु भन्ने जेनिशाको बोली पनि बन्द भयो । तर, त्यही बोली उनले फिल्म ‘एक पल’का लागि पनि दोहो¥याइरहेकी छिन् । आइतवार फिल्मको अडियो सार्वजनिक कार्यक्रममा उनी आशावादी देखिइन् । फिल्मको सफलता÷असफलता त्यो अर्कै पाटो होला, तर जेनिशा आफ्नो पहिरनको मामिलामा भने निकै सजग हुन्छिन् । अरूको ध्यान आफूतिर खिच्न उनी सधैँ फेसनेबल बनेर कार्यक्रममा आउने गर्छिन् । ‘आधी बाटो’, ‘जोश’ लगायत दर्जनभन्दा बढी फिल्ममा काम गरिसकिन् उनले । तर, पनि उनको कुनै चर्चा सुनिँदैन् ।  उनी अभिनीत ‘एक पल’ साउन २१ गतेदेखि रिलिज हुँदै छ । यो फिल्मले उनलाई चम्काउला कि ?

 

Leave A Comment