नेपालीमै समस्या

आइतबार, २४ पुष २०७३, १० : ३४ शुक्रवार , Kathmandu
नेपालीमै समस्या

निर्देशक तुलसी घिमिरेले नेपाली फिल्म उद्योगका लागि एकसे एक नेपाली फिल्म दिएका छन् र फिल्मसँगै एकसे एक हिरोइन पनि । पहिलो फिल्म ‘बाँसुरी’मा रजनी शर्मालाई ब्रेक दिएका घिमिरेले पछिल्लो फिल्म ‘दर्पणछायाँ २’ मा सहारा कार्कीलाई ब्रेक दिएका छन् । तर, उनका एकाधबाहेक सबै फिल्मका हिरोइनले बोल्ने नेपाली लवजले दर्शकलाई हैरान बनाउने गरेको छ ।
‘बाँसुरी’की नायिका रजनी शर्मा भारतीय मूलकी नेपाली थिइन् । स्वभावतः उनको नेपाली अनौठो थियो । दोस्रो फिल्म ‘कसुमेरुमाल’मा घिमिरेले तृप्ति नाडकरलाई ब्रेक दिए । सुन्दरता र अभिनयमा कुनै खोट नभए पनि उनले नेपाली बोल्दा दर्शकको दाँतमा ढुंगा लाग्थ्यो ।  त्यसपछि लामो समय तुलसी घिमिरेको हिरोइन भएकी निरुता सिंहको लेघ्रो तानेको आवाज पचाउन पनि दर्शकलाई लामै समय लाग्यो । अब ‘दर्पणछायाँ २’ मा हिरोइन भएकी सहारा कार्कीको पनि नेपाली उच्चारण स्वाभाविक लागेन भने छक्क नपर्नुहोला । किनकि, सहारा स्वंयले डबिङमा नेपाली उच्चारणमा समस्या भएको बताएकी छिन् । घिमिरेको भागमा यस्तै मात्र हिरोइन किन पर्छन् ? यसलाई संयोग मान्ने कि खेलाँची ?

Leave A Comment