भिडियोमा मञ्जुलको कविता

आइतबार, २४ पुष २०७३, ११ : ४३ शुक्रवार , Kathmandu
भिडियोमा मञ्जुलको कविता

कवि मञ्जुलको कविता ‘समुद्र र बस्ती’ भिडियोमा हेर्न पाइने भएको छ । म्युजिक भिडियो निर्देशक दिलिप श्रेष्ठले सो कविताको भिडियो बनाएका हुन् । जापान र नेपालमा छायांकन गरिएको भिडियोमा कवि मञ्जुलले नै स्वर दिएका छन् । नेपाली र जापानी कलाकारले  अभिनय गरेका छन् । एक दशकअघि मञ्जुलले जापान भ्रमणका क्रममा सो कविता लेखेका थिए । ‘यसमा जापानका सबै ऋतुमा आउने फरकपन देख्न सकिनेछ,’ श्रेष्ठले भने । भिडियोमा राजन पौडेल र काओरो सेसिलिया साइतोको अभिनय रहेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा भिडियो सार्वजनिक गरिएको छ ।

Leave A Comment