विश्वराजको एकल चित्रकला प्रदर्शनी

सोमबार, २५ पुष २०७३, ११ : ०२ शुक्रवार , Kathmandu
विश्वराजको एकल चित्रकला प्रदर्शनी

सिर्जनशील कलाकार समूह पोखराको आयोजनामा कलाकार विश्वराज पराजुलीको पानी रङमा सिर्जित ‘द ब्युटीफुल एन्ड द सबलाइम’ शीर्षकको  एकल चित्रकला प्रदर्शनी सम्पन्न भयो ।

चित्रकलाको उद्घाटन पोखरा विश्वविद्यालयका उपकुलपति प्रा. चिरञ्जीवी शर्माले गरेका थिए । वरिष्ठ कलाकार दुर्गा बरालले कलाकार पराजुलीको परिचय दिँदै १४ वर्षअघि त्रिभुवन विश्वविद्यालयमा उनको कला प्रदर्शनी हेरेदेखि नै प्रभावित भएको बताए । ‘पानी रङमा कला सिर्जना गर्नु अत्यन्तै गाह्रो काम हो । पानी रङ चलाउनु जंगली घोडा चढ्नुजस्तै चुनौतीपूर्ण हो,’ बरालले भने । कलाकार पराजुलीले पोखरा विश्वविद्यालयमा प्राध्यापनको पेशा अंगाले पनि कला आफ्ना लागि प्यासन भएको हँुदा कलाकारितालाई निरन्तरता दिँदै आएको बताए ।

 

Leave A Comment