१३ मेगापिक्सलको इन्फोकस ६८० बजारमा

बुधबार, २७ पुष २०७३, १० : १३ शुक्रवार , Kathmandu
१३ मेगापिक्सलको इन्फोकस ६८० बजारमा

अमेरिकी स्मार्टफोन इन्फोकस ६८० नेपाली बजारमा सार्वजनिक गरिएको छ । उक्त मोबाइल नेपाली बजारमा प्रिजम इन्टरप्राइजेजले भिœयाएको हो । ५.५ इन्चको फुल एचडी डिस्प्ले रहेको उक्त स्मार्टफोनमा १.३ गिगाहर्जको शक्तिशाली क्वाडकोर प्रोसेसर प्रयोग गरिएको कम्पनीको भनाइ छ । कम्पनीले आकर्षक, स्लिम र मेटल बडीको डिजाइनमा यो फोनका थुप्रै आकर्षक पक्ष रहेको जनाएको छ ।
मोबाइलको बजार मूल्य १९ हजार ९ सय ९० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । २ जीबी ¥याम प्रयोग गरिएको उक्त स्मार्टफोनमा १६ जीबी आन्तरिक मेमोरीका साथै ६४ जीबीसम्म माइक्रो एसडी कार्डको प्रयोग गरेर थप्न सकिने कम्पनीले जनाएको छ । १३ मेगापिक्सेलको रियर एवं फ्रन्ट क्यामेरा मोबाइलमा रहेको कम्पनीले जनाएको छ फोरजी सिम सपोर्ट गर्ने यो फोन एन्ड्रोइड मार्सम्यालो ६.० अपरेटिङ सिस्टममा आधारित रहेको र यसमा २६०० एमएच क्षमताको ब्याट्री प्रयोग गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

 

Leave A Comment