आत्महत्या रोक्न फेसबुकले निगरानी गर्ने

शनिबार, ११ असार २०७३, १२ : ५५ शुक्रवार , Kathmandu
आत्महत्या रोक्न फेसबुकले निगरानी गर्ने

आत्महत्या गर्नुअघि फेसबुक प्रयोग गर्नेको संख्या विश्वभरि नै बढ्दै गएको छ । यो समस्यालाई सम्बोधन गर्न फेसबुकले नयाँ उपाय खोजेको छ । फेसबुकले आत्महत्या रोक्ने एप अपडेट गरेको छ । यो सुविधा विश्वभरिकै क्षेत्रीय भाषामा समेत उपलब्ध गराउने फेसबुकले जनाएको छ ।
यस साधनले हामीलाई यदि हाम्रा साथीहरूले आत्महत्या तथा आफूलाई नोक्सानी पु¥याउने पोस्ट गरेमा त्यसको जानकारी दिन्छ । विगतमा यस्तो सेवा केही अंग्रेजी भाषी व्यत्तिहरूको लागि मात्रै उपलब्ध थियो । एउटा फर्मको माध्यमबाट तपाईंले उक्त पोस्टलाई रिपोर्ट गर्न सक्नुहुनेछ । यो सेवा अति नै छिटो तथा सजिलो छ ।
फेसबुकले आफ्नो घोषणामा आत्महत्या रोक्ने यो साधन सबै भाषामा उपलब्ध हुने उल्लेख गरेको छ । उक्त कम्पनीका ग्लोबल हेड अफ सेफ्टी एन्टिगोनी डेभिस र अनुसन्धानकर्ता जेनिफर गुडाग्नोले उक्त सेवा मानसिक स्वास्थ संस्था र आफैँलाई हानि पु¥याउन खोजेका तथा आत्महत्या प्रयास गरेका व्यक्तिहरूको अनुभवबाट प्राप्त सुझावको आधारमा विकास गरेको उल्लेख गरेका छन् ।
उक्त सेवा गत वर्ष अमेरिकाका केही प्रयोगकर्तालाई उपलब्ध गराइएको थियो । फेसबुकले आत्महत्या रोक्ने केही संस्था तथा मानसिक स्वास्थ्य संस्थासँगको सहकार्यमा उक्त सेवा अन्य राष्ट्रहरूमा पनि उपलब्ध गराउने तयारी गरेको हो ।
छिटै विश्वभरका प्रयोगकर्तालाई उपलब्ध गराइने उक्त फ्ल्याग फ्रेन्ड पोस्टले ड्रप डाउन मेनुमार्फत आत्महत्या गर्न खोज्ने फेसबुक प्रयोगकर्ताबारे तत्काल जानकारी दिन्छ । फेसबुकले उनीहरूलाई आत्महत्या रोक्न मद्दत गर्ने संस्थाहरूको नम्बर जानकारी दिन्छ । यसलाई सेयर गर्ने विकल्प पनि दिन्छ । त्यहीँबाट सन्देश पठाउन सुविधा पनि हुनेछ ।
फेसबुकका अनुसार प्रयोगकर्ताले गरेका यस्ता खाले पोस्टहरू फेसबुकका ग्लोबल कम्युनिटी अपरेशन टोलीले तत्काल निरीक्षण गर्नेछन् । यदि तत्कालै कसैले आफूलाई नोक्सान पु¥याउँदै छ भने प्रहरीलाई जानकारी दिन फेसबुकले चेतावनी दिनेछ ।
फेसबुकको आत्महत्या रोकथाम गर्ने उक्त साधनले जीवन रक्षा गर्न सहयोग गर्ने अथवा एक महŒवपूर्ण विषयमा सचेनताको आवाज उठाउन सहयोग गर्ने बताएको छ । विश्वमा आत्महत्या दर बढ्नुले धेरै देशमा यो एक सार्वजनिक स्वास्थ्य चासोको विषय बनेको छ । अमेरिकामा हालः आत्महत्याको दर तीन दशक यताकै उच्च बिन्दुमा पुगेको छ । त्यहाँ सबै उमेरका पुरुषहरू तथा ४५ देखि ६४ वर्ष उमेर समूहका महिलाहरूमा आत्महत्याको दर उच्च छ ।
फेसबुकले आत्महत्या दरलाई रोक्न आफ्ना मासिक १.६५ विलियन प्रयोगकर्ताको निजी मामिलामा पनि ध्यान पु¥याउनुपर्ने देखिन्छ । खास गरी फेसबुकमा पोस्ट भएका पोस्टहरू धेरै साइकोलोजिस्टहरूले अनुसन्धानका लागि प्रयोग गरेकाले यसमा पनि ध्यान पु¥याउनपर्ने हुन्छ । फेसबुक सन् २०१४ जुलाईमा आफ्ना प्रयोगकर्तालाई एक साइकोलोजिकल अनुसन्धानका लागि प्रयोग गरेकोमा माफी माग्न बाध्य भएको थियो ।
नयाँ प्रविधिबारे लेख्ने साइट टेकक्रन्चले फेसबुकलाई मानिसका निजी मामिलाको सम्मान गर्नका लागि फेसबुकको धारणा माग गरेको छ ।

 

Leave A Comment