तीनटा स्क्रिन भएको ल्यापटप आउँदै

मङ्गलबार, ०४ माघ २०७३, १२ : ११ शुक्रवार , Kathmandu
तीनटा स्क्रिन भएको ल्यापटप आउँदै

उपभोक्ताले छिट्टै तीन वटा स्क्रिन भएको ल्यापटप प्रयोग गर्न पाउने भएका छन् । गेमिङ कम्प्युटर निर्माता कम्पनी रेजरले अमेरिकाको लस भेगासमा आयोजित कन्जुमर इलेक्ट्रोनिक्स सोमा तीन वटा स्क्रिन भएको ल्यापटप निर्माण गर्ने परियोजना सार्वजनिक गरेको छ ।
प्रोजेक्ट भेलेरी नामक उक्त परियोजनाको अवधारणाअनुसार कम्पनीले फोर के रिजोलुसनयुक्त तीन वटा स्क्रिन भएको विश्वकै पहिलो ल्यापटप तयार पार्नेछ ।
ल्यापटपमा सेन्ट्रल डिस्प्लेभन्दा अलग थप दुई वटा स्क्रिन स्लाइड रहनेछन् । जो अटोम्याटिक प्रणालीमा आबद्ध हुन्छन् । तीन वटा स्क्रिन चाहिएको बेला बाहिर निस्किनेछन् भने काम सकिएपछि आफैँ भित्र छिर्नेछन् र १२ पाउन्ड तौलको नोटबुक बन्नेछ ।
कम्प्युटर गेमिङका लागि यो तीन वटा स्क्रिनवाला ल्यापटप निकै उपयोगी बन्नेछ । तीन वटै स्क्रिनको साइज १७ इन्च हुनेछ । यो ल्यापटप फोल्ड गरेर बन्द गरेसँगै डेढ इन्च पातलो हुनेछ । स्टान्डर्ड गेमिङ ल्यापटपको तुलनामा उक्त ल्यापटप निकै शक्तिशाली हुने दाबी गरिएको छ ।
कम्पनीले घोषणा गरेको यो परियोजनाले कहिले मूर्तरूप पाउँछ र तीन स्क्रिन वाला ल्यापटप तयार हुन्छ भन्ने खुलाइएको छैन ।

 

Leave A Comment