डा. मिलेशजंग सिजापति
नर्भिक इन्टनेसनल अस्पताल
जाडोमा सबैभन्दा बढी छातीसम्बन्धी समस्या देखापर्छ । यस्तो बेलामा रुघाखोकी (सिजनल फ्लु)ले ज्यादा सताउँछ । इन्फ्लुएन्जा भाइरसका कारण रुघाखोकीको समस्या देखिने गर्छ । हरेक वर्ष इन्फ्लुएन्जा फरक–फरक रूपमा देखापर्छ ।
सिजनल फ्लुका विभिन्न चरण हुन्छन् । इन्फ्लुएन्जा ए, बी आदि । सामान्य खालको रुघाखोकीमा भने एन्फ्लुएन्जा ए र बीको संक्रमण हुन्छ । रुघा लाग्ने, खोकी, घाँटी दुख्ने र कसैकसैलाई पखालालगायत पेटका समस्या पनि देखापर्न सक्छ । इन्फ्लुएन्जाको संक्रमण हुने व्यक्तिले भाइरस अरूमा नसरोस् भनेर निकै ध्यान दिनुपर्ने हुन्छ । हाच्छिउँ गर्दा नाकमुख छोपेको हात धुने, मास्क लगाउने, छुट्टै रुमाल प्रयोग गर्नु राम्रो हो ।
उपचारका लागि भने सिटामोललगायत एन्टी–एलर्जिक ट्याब्लेट र तातो पानीको बाफ लिनुपर्छ । यो बेलामा तातो चिज सेवन गर्ने र शरीरलाई तातो राख्नुपर्छ । पाँच÷छ दिनमा संक्रमण आफैँ कम भएर जान्छ । जाडोमा धुलोको समस्या पनि ज्यादा हुन्छ । यसले एलर्जीको समस्या निम्त्याउन सक्छ । कसैकसैलाई भने चिसोको एलर्जी पनि हुन सक्छ ।
दम भएका मानिसलाई चिसोको बेलामा अझै समस्या हुन सक्छ । दम दुई प्रकारको हुन्छ, एउटा आस्मा र अर्को दीर्घ रूपमा हुन सक्ने दम । यसलाई हामी सीओपिडी भनेर चिन्न सक्छौँ । आस्मा भनेको सिजनल प्रकृतिको दम हो । सिजनल दम बाल्यावस्थादेखि नै हुन सक्छ । कसैलाई जाडो या चिसोको एलर्जी छ भने यो समयमा उनीहरूलाई झनै दुःख दिन सक्छ । एकातिर फ्लुको संक्रमणको खतरा भने अर्कातिर आस्माको डर । दुवै खालको जटिलता निम्तिन सक्छ । त्यसैले आस्माका बिरामीले जाडोको समयमा स्वास्थ्यको ज्यादा ख्याल गर्नुपर्ने हुन्छ । आफूलाई तातो राख्नु र बिहानको चिसोमा बाहिर ननिस्कनु उपयुक्त हुन्छ । निस्कनै परे घाम लागेपछि निस्कनु उपयुक्त हो । त्यसमा पनि बाक्ला लुगा लगाएर निस्केमा छातीलाई चिसोबाट जोगाउन सकिन्छ । दमको संक्रमण भएकालाई अरू संक्रमणले छोयो भने विकराल रूप लिन सक्छ ।
हामीले सोझै चिसोले बिरामीलाई असर ग¥यो भन्ने बुझ्छौँ । तर, त्यसो नभई चिसोका कारणले भाइरस सक्रिय भई हाम्रो शरीरमा आक्रमण गर्ने हो । फ्लु, कोल्ड एलर्जी लगायतले शरीरमा असर गर्छ । कोल्ड एलर्जी भएको व्यक्तिले सबैभन्दा बढी आफूलाई जोगाउन ध्यान दिनुपर्छ । फ्लु मात्रै नभई राइनो, एग्नोलगायत अरू भाइरसका कारण पनि शरीरमा असर गर्ने हुन्छ ।
जाडोमा सानो बच्चादेखि वृद्धवृद्धासम्मलाई निमोनियाको जोखिम पनि उच्च हुन्छ । बालबालिकामा प्रतिरक्षा प्रणाली त्यति विकास भइसकेको हुँदैन । प्रतिरोधको क्षमता त्यसै पनि कम हुने भएकाले ६५ वर्षभन्दा बढीको उमेरका व्यक्तिलाई निमोनिया भएमा त्यसले विकराल रूप लिन सक्छ । त्यसैले कुनै समस्या हुनासाथ तत्काल अस्पताल गएर उपचार गरिहाल्नुपर्छ । साना बच्चामा पनि श्वासप्रश्वास र निमोनिया छ भने तत्काल अस्पताल लगेर उपचार गराउनुपर्छ ।
ज्वरो आउने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, खकार पहँेलो आउने आदि निमोनियाका लक्षण हुन् । निमोनियाले संक्रमण गर्ने फोक्सोमै हो । उपचारका लागि चिकित्सकलाई नै देखाउनु अनिवार्य हुन्छ । भाइरल निमोनिया छ भने एन्टिभाइरल लिनुपर्छ । ब्याक्टेरियल निमोनिया अर्थात् पहिले बिरामीलाई रुघा लागेको छ, पछि खकार पहेँलो हुन थाल्यो भने त्यसलाई ब्याक्टेरियल निमोनिया भन्छौँ । त्यसका लागि एन्टिबायोटिक लिनुपर्ने हुन्छ । भाइरल निमोनिया र फ्लु मात्र छ भने प्यारासिटामोल लगायतले पनि सजिलो हुन्छ ।
नवजात शिशुमा रेस्पेटल सिरेरस भाइरल हुन्छ । भाइरल निमोनियाको समस्या नै ज्यादा बेहोर्नुपर्ने हुन्छ । त्यसै गरी, ब्रोङकाटिसले पनि समस्या निम्त्याउँछ । रुघाखोकी लाग्दा नाकलगायत घाँटीमा संक्रमण भएपछि छातीमा पुग्छ । छातीमा पुगेर त्यसले श्वासप्रश्वास नलीमा असर गर्न थालेपछि त्यसले सुकाएर सा“घुरो बनाइदिन्छ । त्यसले घ्यारघ्यार सुरु हुन्छ । त्यसलाई हामी एकिट ब्रोङकाइटिस भन्छौँ । सास फेर्न गाह्रो भए पनि बिरामीहरू चिकित्सककहाँ आउने गर्छन् । त्यसपछि छाती घ्यारघ्यार हुन्छ । यसलाई हामी बोलीचालीको भाषामा रुघा छातीमा पुग्यो भन्ने गर्छौं ।
यसको उपचारका लागि साँघुरो भएको छातीको नली फुकाउनुपर्ने भएकाले ब्रोङको डाइरेक्टस गरिन्छ । श्वासनलीको जाम हटाउन ठूलो पार्ने औषधि दिइन्छ । नेबुलाइजरको प्रयोग, बाफ दिएर यो काम गरिन्छ । अड्केको खकार निकाल्न खोकीको औषधि पनि दिइन्छ ।
अहिले अत्यन्त चिसो मौसम छ । बाक्लो लुगा, माक्स र गलबन्दी लगाएर हि“ड्दा चिसोबाट बच्न सकिन्छ ।
चिसोमा फ्लु सर्ने सम्भावना ज्यादा हुने भएकाले मास्क लगाएर हिँड्दा संक्रमणको खतरा टर्छ । सबै जना बसमा कोचिएर हिँड्ने भएकाले पनि मास्कको प्रयोगमा ज्यादा जोड दिनुपर्छ । बाहिर हि“ड्दा प्रयोग भएको हात सकेसम्म धुनुपर्छ ताकि संक्रमण नहोस् । मोटरबाइकमा हिँड्नेहरूलाई पनि चिसोले सताउन सक्छ । जरुरी छैन भने बिहानमा नहिँड्दा हुन्छ । हिँड्नै परे हावा नछिर्ने खालका कपडा लगाउनु राम्रो ।
प्रौढको कुरा गर्दा ६५ वर्षभन्दा बढी उमेरका व्यक्ति, जो मधुमेह, दमलगायत रोगबाट पीडित छन् उनीहरू सकेसम्म चिसोबाट जोगाउनु राम्रो हो । दम, मधुमेह र मिर्गाैलाको समस्या भएका बिरामीलाई हामीले नोभेम्बरदेखि फ्लु सट भनिने फ्लुको भ्याक्सिन पनि दिन थालेका छौँ । हरेक साल लिनुपर्ने यस्ता खोपले संक्रमणको जोखिम घटाउँछन् । दम भएका मानिसले पनि यो बेलामा निरन्तर चिकित्सकहरूस“ग परामर्श लिनुप¥यो । रुघाखोकी भएका मानिसलाई सकेसम्म बच्चा र बुढाबुढीको संसर्गबाट टाढा राख्नुपर्छ ।
जाडोको समयमा युवा वर्गले ज्यादा धूम्रपान गर्ने, मद्यपान गर्ने प्रचलन छ । यसले कुनै पनि हालतमा शरीरलाई फाइदा नहुने भएकाले युवा वर्गले यस्ता कुलत तत्काल छोड्नु राम्रो हुन्छ । धूम्रपानले फोक्सो बिगार्ने र मदिराले कलेजोलगायत अंगलाई बिगार्ने काम गर्छ ।
दम भएको मानिसले आगो ताप्ने कि नताप्ने भन्ने जिज्ञासा धेरैमा हुन्छ । दमका बिरामीले धुवाँयुक्त आगो ताप्नु त्यत्ति उपयुक्त होइन । आगोको ताप ठीक हो, धुवाँ बेठीक हो । धुवाँ हराइसकेको आगो, त्यो पनि भेन्टिलेसन भएको कोठामा ताप्दा हुन्छ । नत्र चिसोबाट जोगिन आगो ताप्दा त्यसबाट उत्पन्न हुने धुवाँका कारण कार्बन मोनोअक्साइडको अर्को रोग निम्त्याउन सक्छ । दम भएको मानिसमा यसै पनि फोक्सो र श्वासप्रश्वासको समस्या हुन्छ । त्यसमाथि कार्बन मोनोअक्साइडजस्तो प्रदूषणयुक्त ग्यासले स्वास्थ्यस्थिति झनै बिगार्छ । धुवाँले बोङकाइटिस हुन्छ, त्यसको नियमित संसर्गले एक्युट हँुदै क्रोनिक ब्रोङकाइटिससम्म हुन सक्छ । धुवाँले फोक्सोको तहसमेत बिगार्ने हुन्छ ।
धुवाँयुक्त आगोका कारण सामान्य मानिसलाई पनि ज्यानै जोखिममा पार्ने खतरा हुन सक्छ । धेरैले जाडोमा सबै झ्यालढोका थुन्ने अनि कोठाभित्र आगो बालेर बस्ने गर्छन् । त्यसले कार्बन मोनोअक्साइड कोठाभर फैलिदा टाउको भारी भएजस्तो हुने, टाउको दुख्ने, निसास्सिएजस्तो महसुस हुने, सास फेर्न गाह्रो हुने र मानिस बेहोस भई मृत्यु हुन सक्ने जोखिम पनि हुन्छ । काठमाडौँ वरपरका गाउ“मा पनि मकल बालेर आगो ताप्ने गरिन्छ । त्यसो गर्दा पनि यस्तै खतरा हुन्छ । त्यसैले कोठाभित्र आगो बाल्दा भेन्टिलेसन जरुरी हुन्छ ।
Leave A Comment