एप स्टोरमा २० लाखभन्दा बढी एप

शनिबार, ११ असार २०७३, १२ : ५७ शुक्रवार , Kathmandu
एप स्टोरमा २० लाखभन्दा बढी एप

एप्पल एप स्टोरमा एपको संख्या २० लाखभन्दा बढी पुगेको छ । गत वर्ष यही समय करिब १५ लाख एप भएकोमा यस वर्ष २० लाखभन्दा बढी पुगेको कम्पनीका सीईओ टिम कुकले बताएका छन् ।
यी एपमार्फत गत वर्ष यही समयमा भएको सय विलियन डाउनलोड अहिले बढेर १ सय ३० विलियनभन्दा बढी भएको पनि कम्पनीले जनाएको छ ।
कुकले आफ्ना डेभ्लपरलाई गत वर्ष यही समयमा ३० विलियन डलर र यो वर्षको जनवरीमा ४० विलियन डलर रकम भुक्तान गरेकोमा अहिले ५० विलियन डलर गरेको पनि उल्लेख गरेका छन् ।

 

Leave A Comment