फेसन स्टोरको आउटलेट मैतीदेवीमा

बिहिबार, ०६ माघ २०७३, १२ : ५८ शुक्रवार , Kathmandu
फेसन स्टोरको आउटलेट मैतीदेवीमा

आरपी समूहले काडमाडौँमा नयाँ सोरुम सुरु गरेको छ । ब्रान्डेड कपडा बेच्दै आएको समूहले पछिल्लो पटक मैतीदेवीमा फेसन स्टोरको सोरुम सञ्चालन गरी सेवा विस्तार गरेको हो । उक्त आउटलेटमा महिलाका लागि आधुनिक तथा नयाँ डिजाइनका पहिरन बिक्री गर्ने आरपी समूह फेसन स्टोरका बजार व्यवस्थापक रोशन भण्डारीले जानकारी दिए । यस आउटलेटमा महिलाका लागि सारी, कुर्तासलवार, लेहंगा, टप्स लगायतका ब्रान्डेड तथा आधुनिक डिजाइनका कपडा राखिएका छन् । शुभारम्भको अवसरमा छुटसहिट सस्तो दरमा कपडा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

Leave A Comment