हातका रौँ यसरी हटाऔँ

आइतबार, १२ असार २०७३, ११ : ०२ शुक्रवार , Kathmandu
हातका रौँ यसरी हटाऔँ

वाक्सिङ
रौँ भएको ठाउँमा तातो मैन राख्ने र त्यसमाथि मुलायम कपडा राखेर छोप्ने । मैन राम्रोसँग जमेपछि जोड लगाएर कपडा एकसाथ निकाल्ने । अनावश्यक रौँ कपडासँगै बाहिर निस्किन्छ ।
सुगरिङ
चिनी, कागती, पानी र साइट्रिक एसिड मिसाएर पेस्ट बनाउने र रौँ भएको ठाउँमा लगाउने । हरेक दिन यसै गर्नाले रौँको जरा कमजोर हुन्छ र रौँ क्रमशः पातलो हुँदै हराएर जान्छ ।
हेयर रिमुभल क्रिम
बजारमा पाइने हेयर रिमुभल क्रिम लगाएर पनि अनावश्यक रौँ हटाउन सकिन्छ । तर, कमसल क्रिम परेछ भने छाला कालो हुने जोखिम हुन्छ ।
लेजर प्रविधि
लेजर किरणको सहायताले रौँलाई सदाका निम्ति हटाउने विधिको अभ्यास हुन थालिसकेको छ । लेजर किरणले कपालको जरालाई कमजोर बनाउँछ र कपाल झरेर जान्छ । यो प्रविधिको प्रयोग दिनानुदिन बढिरहेको छ ।
रेजर
रेजर प्रयोग गरेर अनावश्यक रौँ खौरिने विधि सबैभन्दा बढी प्रचलित छ । यसो गरेर केही दिनका लागि मात्रै अनावश्यक रौँबाट छुटकारा पाउन सकिन्छ ।

Leave A Comment