एलोभेराको फेसप्याक

आइतबार, १२ असार २०७३, ११ : ०५ शुक्रवार , Kathmandu
एलोभेराको फेसप्याक

एलोभेरा अर्थात् घ्यूकुमारीमा भिटामिन ए, सी, बी–१, बी–५, बी–६ र बी–१२ पाइन्छन् । साथै, यो आइरन, सोडियम, फस्फोरस, क्याल्सियमजस्ता तŒवको राम्रो स्रोत पनि हो । यी तŒव छालाको सुन्दरताका लागि ज्यादै लाभदायक हुन्छन् ।

कस्तो लाभ पु¥याउँछ ?
–    एलोभेरामा एन्टिबायोटिक र एन्टिसेप्टिक गुण हुन्छ । यसले छालालाइ संक्रमणबाट जोगाउँछ ।
–    एलोभेराको लेदो लगाउनाले अनुहार म्वइस्चराइज्ड हुन्छ ।
–    चिल्लो छाला हुनेहरूले एलोभेराको लेदो लगाउँदा चिल्लोपन कम हुन्छ ।
–    डन्डीफोर, डार्क सर्कलजस्ता छालासम्बन्धी समस्या एलोभेरा लगाउनाले कम हुन्छ ।
–    खास गरी, डन्डीफोरयुक्त छाला भएकाका लागि एलोभेरा फेसप्याक बढी उपयोगी हुन्छ ।

फेसप्याकका प्रकार र बनाउने तरिका
अनुहार चम्किलो पार्ने फेसप्याक

एक चिम्टी बेसार, एक चम्चा मह, एक चम्चा दूध र गुलाबजलका केही थोपा मिसाएर पेस्ट बनाउने । यसरी तयार भएको पेस्टमा एलोभेरा जेल मिलाउने र राम्रोसँग मिक्स गर्ने । यसरी तयार भएको पेस्टलाई अनुहार, घाँटी र गर्धनमा लगाई २० मिनेटपछि मनतातो पानीले पखाल्ने ।
कालोपन हटाउने फेसप्याक
खास गरी, गर्मीमा कालोपनको समस्या उत्पन्न हुने गर्छ । यसका लागि एलोभेरा जेल र कागतीको रस मिसाएर पेस्ट बनाई अनुहारमा लगाएर १० मिनेटपछि पखाल्ने गर्नाले कालोपन हराउँछ ।

दाग हटाउने फेसप्याक
डन्डीफोर, पोतो आदिका कारण अनुहारमा उत्पन्न दाग हटाउने फेसप्याक पनि घरमै बनाउन सकिन्छ । यसका लागि एलोभेरा जेल र गुलाबजललाई मिसाएर पेस्ट बनाउने र अनुहारमा लगाएर २० मिनेटपछि चिसो पानीले पखाल्ने गर्नुपर्छ । धोइसकेपछि दुईदेखि तीन मिनेटसम्म अनुहार मसाज गर्नाले अनुहारको छालमा रहेका प्वालहरू खुल्छन् र र दाग हराउँदै जान्छ ।

विकार हटाउने फेसप्याक
अनुपयुक्त खानपान, सरसफाइमा कमी, अस्तव्यव्त जीवनशैलीलगायत कारणले गर्दा अनुहारको छालामा विकार जम्मा भएको हुन्छ, जसकारण अनुहारमा अनेक खालका छालासम्बन्धी समस्या उत्पन्न हुन्छन् । यस्तो विकार हटाउने फेसप्याक बनाउन एलोभेरा जेल र पाकेको आँपका केही टुक्रालाई राम्रोसँग पिस्ने र त्यसमा थोरै सोडा र कागतीको रस हाली पेस्ट बनाउने । यसरी तयार भएको पेस्ट अनुहारमा लगाएर २० मिनेटपछि धुने गर्नुपर्छ ।

डन्डीफोर हटाउने फेसप्याक
कसै गर्दा पनि डन्डीफोरको समस्याबाट छुटकारा मिलेको छैन भने एलोभेराको फेसप्याक ट्राई गर्नु राम्रो हुन्छ । पानीमा एलोभेराका टुक्रा हालेर उमाल्ने र उमालिसकेपछ यसलाई पिसेर पेस्ट बनाउने । यसमा मह मिलाउने र राम्रोसँग घोलेर अनुहारमा दली २० मिनेटपछि पखाल्ने । यसो गर्नाले डन्डीफोर हराउँदै जान्छ ।

Leave A Comment