दुईदिने सुपरस्टार

बुधबार, १२ माघ २०७३, ११ : ५५ शुक्रवार , Kathmandu
दुईदिने सुपरस्टार

निखिल उप्रेतीलाई स्टार मान्नेको जमात ठूलै छ । बीचमा पाँच वर्ष निखिल मुम्बईतिर हराउँदा धेरैले निखिलजस्ता स्टार नभएका कारण फिल्म चल्न छाडेको तर्क गर्ने गरेका थिए । नभन्दै पाँच वर्षपछि निखिल आफैँ निर्देशक बन्दै ‘भैरव’ मार्फत उद्योगमा फर्किए । फिल्मले भयंकर व्यापार गरेको हल्ला चल्यो । तर, अन्तिममा वितरकबाट हिसाब बुझ्ने क्रममा सो फिल्मका एक भारतीय निर्माता ‘जिन्दगीमा नेपाली फिल्म बनाउन्नँ’ भन्दै भाउन्निएर निस्किएको देख्नेहरू अझै त्यो किस्सा सुनाउने गर्छन् । त्यसपछि निखिलको ‘लुटेरा’ रिलिज भयो । नेपालका चल्तीका वितरकले निर्माण गरेको यो फिल्म पनि केही दिन अनलाइनका समाचारमा हाउसफुल भयो । तर, पछि वितरक स्वयंले फिल्मबाट आफूलाई राम्रै घाटा भएको कबुले । र, यो हप्ता मात्र निखिलकै अर्को फिल्म रिलिज भयो, ‘किङ’ । यो पनि शुक्रवार÷ शनिवार हाउसफुल भयो । गोपीकृष्ण हलको पटांगिनीबाट निखिलले सात वटा हलबाट निस्किएका मान्छे देखिने गरी सेल्फी हाने । केही अनलाइनमा निखिलको फिल्मले बाँकी फिल्म सोत्तर पारेका समाचार पनि आए । तर, आइतवारबाट फिल्मको व्यापार स्वाहा ! के निखिल दुई दिनका मात्र स्टार हुन् त ?

 

Leave A Comment