नङको हेरचाह

आइतबार, १२ असार २०७३, ११ : ०९ शुक्रवार , Kathmandu
नङको हेरचाह

–एक चम्चा नरिवलको तेल तताएर त्यसमा एक चम्चा ह्यान्ड लोसन मिलाउनुहोस् । हप्तामा एक दिन यो मिश्रणमा २० मिनेटजति नङ डुबाउनुहोस् । चारपाँच पटक नियमित यसो गर्नाले कमजोर नङमा सुधार हुनेछ ।
–    नङमा उसिनेको आलु रगड्नाले नङको चमक बढ्छ ।
–    फिट्किरीको मालिसले नङलाई बलियो बनाउँछ ।
–    नङ बांगा भए राति सुत्नुअघि तातोपानीले नङ धुने र नङमा बेसारको लेप लगाउने । बिहान नङ सफा गरेर जैतुनको तेलले मालिस गर्नाले नङहरू सीधा हुन्छन् ।
–    नङ पालिस हटाउनका लागि घरेलु विधि प्रयोग गर्नुहोस् । कपासलाई एउटा डल्लोलाई मट्टीतेलमा भिजाउने र अर्को डल्लोलाई कागतीको रसमा । कागतीको रसमा डुबेकोे कपासको डल्लोलाई नङमा दल्नुहोस् र त्यसपछि मट्टीतेल भएको कपासको डल्लोलाई रगड्नुहोस् । यस्तो गर्नाले नङ पालिस निस्किन्छ । अन्त्यमा पुनः कागतीको रस भएको कपासको डल्लो नङमा लगाउनुहोस् । यस्तो गर्नाले ताजा नङ पालिस लामो समयसम्म रहिरहन्छ ।
–    शीघ्र नङ पालिस सुकाउन लगाएको एक मिनेटपछि बरफको पानीमा नङलाई भिजाउनुहोस् । यस्तो गर्नाले नङ पालिस चाँडै सुक्छ र पालिसको चमक पनि रहिरहन्छ ।
–     नङ पालिस लगाउनुअघि नङमा बदामको तेल लगाउनुहोस् । यसो गर्नाले नङ कडा हुँदैनन् ।
–    नङको धब्बा हटाउन आलुको रस लाभप्रद हुन्छ । कागतीको रसले पनि धब्बा जान्छ ।
–    नरिवलको तेलले नङ मालिस गर्दा नङ सुन्दर, चम्किला र कोमल बन्छन् ।

 

Leave A Comment