तेरियाले जितिन् ‘झलक दिखला जा’

बिहिबार, १३ माघ २०७३, १२ : ३९ शुक्रवार , Kathmandu
तेरियाले जितिन् ‘झलक दिखला जा’

पाँच वर्षअघि भारतीय च्यानल जीटीभीबाट प्रसारण हुने ‘डान्स इन्डिया डान्स’को तेस्रो सिजनको उपाधि जितेकी नेपाली कलाकार तेरिया मगरले शनिवार ‘झलक दिखला जा’को नवौँ संस्करणको उपाधि चुमेकी छिन् । कलर्स च्यानलबाट प्रसारण हुने सोकी विजेता उनले उपाधिसँगै ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्रान्डको कार पाइन् ।
शनिवार प्रसारण भएको फाइनलमा तेरियाले अन्य दुई प्रतियोगी सलमान युसुफ खान र शान्तनु महेश्वरीसँग कडा प्रतिस्पर्धा गर्दै उपाधि सुरक्षित गरेकी हुन् ।
तेरिया रूपन्देही, रुद्रपुरकी हुन् । तेरियाका हजुरबुबा कृष्णबहादुरले केही दिनअघि काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अनलाइन वा मोबाइल भोटिङमार्फत भोट दिएर आफ्नी नातिनीलाई जिताउन अपिल गरेका थिए । उनी तेरिया मगर फाउन्डेसन अध्यक्षसमेत हुन् ।

 

Leave A Comment