प्रिज्म टेक्नोलोजिजले ल्यायो इनफोकस इपिक वान

बिहिबार, १३ माघ २०७३, १२ : ५७ शुक्रवार , Kathmandu
प्रिज्म टेक्नोलोजिजले ल्यायो इनफोकस इपिक वान

प्रिज्म टेक्नोलोजिजले बजारमा इनफोकस इपिक वान ल्याएको छ । अमेरिकामा स्थापित ब्रान्ड इनफोकसका स्मार्टफोन तथा मोबाइल विगत तीन महिनादेखि नेपाली बजारमा उपलब्ध भइरहेको कम्पनीले जनाएको छ ।
कम्पनीले एम ८०८ आइ, एम ६८०, बिन्गो २०, एम ३७० आई लगायत मोडलले बजारमा राम्रो सफलता पाइरहेको पनि जनाएको छ । इनफोकस इपिक वान स्मार्टफोनले अन्तराष्ट्रिय बजारमा राम्रो सफलता प्राप्त गरेको भन्दै कम्पनीले यसमा आकर्षक डिजाइन र उत्कृष्ट विशेषता रहेको जनाएको छ ।
१० कोर प्रोसेसर भएको पहिलो स्मार्टफोन इनफोकस इपिक वान अत्यन्तै फास्ट हुनुका साथै ३० प्रतिशत ब्याट्री पावर सुरक्षित गर्ने पनि कम्पनीको दाबी छ । यसमा ५.५ इन्चको एलटिपिएस फुल एचडी गोरिल्ला ग्लास प्रयोगका साथै सेल्फी एक्स्पर्ट स्मार्टफोन भएकाले यसमा ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको कम्पनीले जनाएको छ । फोरजी  लगायत नेटवर्क पूर्णरुपमा सपोर्ट गर्ने उक्त सेटको बजार मूल्य ३१ हजार ९ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

 

Leave A Comment