मोदी सामाजिक सञ्जालका हिरो

शनिबार, १५ माघ २०७३, १२ : ५८ शुक्रवार , Kathmandu
मोदी सामाजिक सञ्जालका हिरो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ट्वीटरमा एकै दिनमा ५० लाखले पछ्याएका छन् । अमेरिकाको ४५ औँ राष्ट्रपतिका रूपमा शपथ लिएको दिन ट्रम्पलाई उक्त संख्यामा प्रयोगकर्ताले पछ्याएका हुन् । बराक ओबामा राष्ट्रपतिबाट हटेसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ट्वीटरलगायत सामाजिक सञ्जालमा विश्वमा सबैभन्दा बढी फलो गरिने राष्ट्राध्यक्ष बनेका छन् ।
ट्वीटर, फेसबुक, युट्युब र गुगल प्लसलगायत सबै सामाजिक सञ्जालमा भारतीय प्रधानमन्त्री मोदीलाई फलो गर्नेको संख्या विश्वका सबै राष्ट्राध्यक्षभन्दा धेरै छन् । यसअघि यो कीर्तिमान ओबामाको नाममा थियो ।
भारतीय प्रधानमन्त्री मोदीको फेसबुकमा ३ करोड ९२ लाख, ट्वीटरमा दुई करोड ६५ लाख, गुगल प्लसमा ३२ लाख र लिंक्डइनमा १९ लाख ९० हजार फलोअर्स छन् । इन्स्टाग्राममा मोदीका फलोअर्सको संख्या ५८ लाख र युट्युबमा ५९ लाख छन् । यसबाहेक मोदीको नाममा बनेको मोबाइल एपलाई पनि एक करोडभन्दा बढी मानिसले डाउनलोड गरिसकेका छन् ।
शपथ लिएसँगै ट्रम्पले गरेको भाषण फेसबुक लिंक र ट्वीटरमा सेयर गरिएको थियो । गत शुक्रवार बिहानसम्म अमेरिकी राष्ट्रपतिको आधिकारिक ट्वीटर अकाउन्ट ओबामासँग थियो । जसलाई शुक्रवार दिउँसो नयाँ राष्ट्रपति ट्रम्पलाई बुझाइएको थियो । यसअघि राष्ट्रपतिमै कायम रहँदा ओबामाले गरेका सबै ट्वीटलाई पीओटीयूएस ४४ ह्यान्डलमा सारिएको छ ।
ओबामाका फलोअर्सलाई ट्रम्पकहाँ तानेकोमा ट्वीटरले माफी माग्यो ।
प्राविधिक कमजोरीका कारण लाखौँ व्यक्तिलाई नयाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फलो गर्न बाध्य पारिएको स्वीकार गर्दै सामाजिक सञ्जाल ट्वीटरले माफी मागेको छ । पद तथा गोपनीयताको शपथ खाएलगत्तै अमेरिकी राष्ट्रपतिको आधिकारिक ह्यान्डल २एइत्ग्क्  ट्रम्पको नियन्त्रणमा आएको थियो ।
राष्ट्रपति परिवर्तनसँगै यसअघि पदमा रहँदा बाराक ओबामाले गरेका सबै ट्वीटहरू सफा गरेर आर्काइभ अकाउन्ट २एइत्ग्क्द्धद्ध मा सारिएको छ । तर, प्राविधिक त्रुटिले गर्दा यसअघि ओबामालाई फलो गरिरहेका सबैले ट्रम्पलाई फलो गर्न बाध्य भएका थिए ।
ट्वीटरका बोस ज्याक डोर्सेले कम्पनीले अनुसन्धान गर्दा त्रुटि भेटिएको जनाए । उनले ट्वीट गर्दै भनेका छन्, ‘यसबाट ५ लाख ६० हजार मानिसहरू प्रभावित भएको हुनुपर्छ । हामीबाट गल्ती भएकै हो, त्यो ठीक थिएन । हामी यसको जिम्मेवारी लिन्छौँ र माफी माग्छौँ ।’
संक्रमण योजना बनाउन ओबामा प्रशासनले सबै प्लेटफर्महरूमा काम गरेको डोर्सेले बताएका छन् । ‘यो अकाउन्ट व्यक्तिगत नभएर संस्थागत भएकाले फलोअरहरूसँगै तर शून्य ट्वीटमा अकाउन्ट अपडेट गर्नुपर्ने उनीहरूले सोचे’ उनले लेखेका छन् ।

 

Leave A Comment