नेपाली फिल्मको यात्रामाथि वृत्तचित्र

शनिबार, १५ माघ २०७३, ०१ : ०४ शुक्रवार , Kathmandu
नेपाली फिल्मको यात्रामाथि वृत्तचित्र

करिब दुई दशकदेखि रंग पत्रकारितामा सक्रिय राजन घिमिरेले नेपाली सिनेमाको यात्रामाथि वृत्तचित्र बनाएका छन् । ‘जर्नी अफ नेपाली फिल्म, २००७ देखि’ शीर्षक राखिएको वृत्तचित्र बनाएका हुन् । नेपाल टेलिभिजनबाट प्रसारण हुने फिल्मसम्बन्धी कार्यक्रम ‘क्ल्याप बोर्ड’का प्रस्तोता रहेको घिमिरेले वृत्तचित्र नेपाली भाषामा रहेको तर अंगे्रजी सबटाइटल राखिएको बताए । ‘४५ मिनेट लामो यो वृत्तचित्रमा नेपाली फिल्मको जन्म कसरी भयो ? नेपाली फिल्म क्षेत्रका समस्या, बजार विस्तारलगायत विषय समेटिएका छन्,’ घिमिरेले भने, ‘सँगसँगै नेपाली चलचित्रको इतिहाससँग जोडिएका सर्जकहरूको अनुभव र विचार पनि वृत्तचित्रमा छ ।’ वृत्तचित्र निर्माणमा उनलाई गोमा विष्ट र दीपेन्द्र रेग्मीले साथ दिएका छन् ।

 

Leave A Comment