‘अरे यार ! फ्लपलाई किन हिट लेख्छ ?’

आइतबार, १६ माघ २०७३, १० : ५२ शुक्रवार , Kathmandu
‘अरे यार ! फ्लपलाई किन हिट लेख्छ ?’

अरे यार !  
‘लुट’ निर्माता माधव वाग्लेको थेगो हो यो ।  दोहोरो कुरा गर्नुपरे वाग्ले यो थेगो छुटाउँन्नन् । सँगै उनको अर्को पनि बानी छ, बढी बोल्ने । केही दिनअघि ‘लुट २’ को कार्यक्रममा पनि उनले बोल्दाबोल्दै आफूलाई तीन–तीनवटा सुपरहिट फिल्मको निर्माता भनिदिए । यसमा रमाइलो के थियो भने वाग्लेले सुपरहिट देखेका तीनवटै फिल्म रिलिज हुन बाँकी नै थिए । वाग्लेको बानीसँग परिचितलाई उनको यो ‘बडबोली’ अनौठो नभए पनि अपरिचितलाई वाग्लेको गफ अपाच्य नै थियो । तर, बोलीकै कुरा गर्दा वाग्लेको अर्को विशेषता भने स्तुत्य छ ।  त्यो हो, देखेको कुरा नधकाई बोल्ने । स्पष्टवक्ता !
‘लभ सासा’ रिलिजपछि केही अनलाइनमा फिल्मको तारिफमा रिभ्यू आए । अझ केही अनलाइनमा त फिल्मले मारामार व्यापार गरेको समाचार पनि आए । अति भएपछि निर्माता वाग्लेले आफैँ भनेको सुनियो, ‘अरे यार ! फ्लप फिल्मलाई किन हिट लेख्छ, यार ?’ अरू जेसुकै भए पनि वाग्लेको इमानदारीलाई चाहिँ मान्नैपर्छ ।

Leave A Comment