लेनोभो स्मार्टफोनको विन्टरटास्टिक योजना

आइतबार, १६ माघ २०७३, ११ : २७ शुक्रवार , Kathmandu
लेनोभो स्मार्टफोनको विन्टरटास्टिक योजना

लाइफकम प्रालिले लेनोभो स्मार्टफोनका लागि आकर्षक छुट र विभिन्न उपहारका साथै विन्टरटास्टिक योजना बजारमा ल्याएको छ । यो योजनामार्पmत हरेक ग्राहकलाई सुविधा दिने उद्देश्य रहेको लाइफकमले जनाएको छ ।
देशव्यापी रुपमा लागू हुने उक्त योजना लाइफकम प्रालिद्वारा के५ नोटमा फ्री भिआर बक्ससँग रिमोटको घोषणा गरेको छ । त्यस्तै के४ नोटमा फ्री भिआर बक्ससँग रिमोट, ब्लु टुथ हेडसेट मात्र २५ हजार ९ सय ९९ मा, भाइव के५ मा फ्री ब्लु टुथ हेडसेट, के३ नोटमा फ्री भिआर बक्स र ब्लु टुथ स्पिकरमात्र  १७ हजार ९ सय ९९ मा ग्राहकलाई उपलब्ध गराइने पनि कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

 

Leave A Comment