‘अनप्रोफेसनल’ वर्षा

सोमबार, १७ माघ २०७३, १२ : १६ शुक्रवार , Kathmandu
‘अनप्रोफेसनल’ वर्षा

‘नाइँ नभन्नू ल २’ जस्तो हिट फिल्मबाट डेब्यू गर्दा पनि वर्षा सिवाकोटीको करिअर खासै उँभो लागेन । जबकि सोही फिल्मको चौथौ शृंखलाबाट उदाएकी वर्षा राउत हेर्दाहेर्दै पहिलो रोजाइकी नायिका बनिसकिन् । वर्षाको सौन्दर्यमा कसैलाई शंका छैन । अभिनयमा पनि कमजोर छैनन् भन्ने त ‘पशुपतिप्रसाद’ले देखाइसक्यो । यद्यपि, धेरै निर्माताको रोजाइमा पर्दिनन् वर्षा । यसमा उनको ‘अनप्रोफेसनल एट्टिट्युड’ जिम्मेवार छ । यो कुरा हामीले हैन, वर्षासँग काम गरेकाले भन्ने गरेका छन् । एडभान्स लिएर सुटिङमा नआएको, सुटिङमा दुःख दिने गरेको र कतिलाई काम गर्छु भनेर झुलाउने गरेको आदि किस्सा वर्षाका बारेमा छ्याप्छ्याप्ती छन् । उनी कसैको ब्यानरमा नदोहोरिनुको कारण कतै यही त होइन ?

Leave A Comment