बाठी वली

मङ्गलबार, १८ माघ २०७३, १२ : ०६ शुक्रवार , Kathmandu
बाठी वली

कोमल वली धुमधामसँग राप्रपा प्रवेश गरिन् । त्योभन्दा पछि उस्तै गरी रेखा थापाको प्रवेश भयो ।  रेखा जेसुकै भए पनि कोमल वली रेडियो नेपालकी जागिरे हुन् । सरकारी ओहदामा बसेको मान्छे, हाकाहाकी पार्टी प्रवेश गर्न नपाइनुपर्ने हो ।  तर, नेपालमा ‘हु केयर्स ?’ केही दिनअघि अचानक कोमल वलीको रेडियो नेपाललाई लेखेको स्पष्टीकरण बाहिरियो । पत्रमा वलीले आफूले कुनै पनि पार्टीको सदस्यता नलिएको र स्वतन्त्र नागरिक रहेको बेहोरा थियो । रेडियो नेपाल कानमा तेल हालेर सुतेछ भनेको त हैन रहेछ । स्पष्टीकरण सोधेको रहेछ । यता, वलीले स्पष्टीकरण पेश गरेको दुई दिन भएको थिएन, तेस्रो दिन राप्रपाले रेखासँगै वलीलाई पनि केन्द्रीय सदस्यमा मनोनीत गरेको खबर बाहिरियो । अलिअलि ढाँट्नु ठीकै हो तर दिउँसै रात पर्ने गरी ढाँट्नु अति नै हो । तर, राप्रपाले भिœयाएका यी दुई सेलिब्रिटी यो मामिलामा खुंखार नै देखिए । उता, रेखाले पनि राप्रपा छिर्ने बेलामा आफूले माओवादीको टीका त लगाएको तर सदस्यता चाहिँ नलिएको भन्दै दुनियाँलाई थाङ्नामा सुताएकी थिइन् । रेखाभन्दा कम्ती बाठी रैनछिन् वली पनि ।

 

Leave A Comment