एनसेलको आकर्षक डाटा प्याक

मङ्गलबार, १८ माघ २०७३, १२ : १६ शुक्रवार , Kathmandu
एनसेलको आकर्षक डाटा प्याक

एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्दै आकर्षक डाटा अफर ल्याएको छ । जसअन्तर्गत एनसेलका सबै ग्राहकले सुलभ मूल्यमा एनसेलको डाटा सेवाको मज्जा लिन सक्नेछन् । आइतवारदेखि लागू हुने यस योजनामा पाँच वटा सरल शुल्क समेटेको छ ।
ग्राहकले कुनै पनि समयमा चलाउन सकिने अलटाइम डाटा प्याक, बिहान ५ देखि साँझ ५ बजेसम्म प्रयोग गर्न मिल्ने डे डाटा प्याक र बेलुका ११ देखि बिहान ५ बजेसम्म प्रयोग गर्न मिल्ने नाइट डाटा प्याकमध्येबाट ग्राहकले कुनै पनि सेवा आफ्नो आवश्यकताअनुसार खरिद गर्न सक्छन् ।
अल टाइम डाटा प्याक ९ रुपैयाँमा २० एमबी, २० रुपैयाँमा ५० एमबी, एक सय रुपैयाँमा तीन सय एमबी, १ सय ५० रुपैयाँमा पाँच सय एमबी र २ सय ५० रुपैयाँमा एक हजार एमबी डाटा खरिद गर्न सकिन्छ ।
डे डाटा खरिदमा ग्राहकले यही मूल्यमा अल टाइम डाटा प्याकभन्दा दोब्बर डाटा भोल्युम प्राप्त गर्नेछन् भने नाइट डाटा प्याकमा अल टाइम डाटाभन्दा चार गुणा बढी डाटा भोल्युम पाउनेछन् ।
सुलभ दरमा डाटा सेवाको फाइदा लिन ग्राहकले एस्ट्रिक्स् १२३ ह्यास डायल गरेर प्राप्त जानकारीअनुसार सुचारु गर्न सक्नेछन् । ‘सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धताअनुरूप हामीले डाटा शुल्कलाई परिमार्जित गरेर अझ सुलभ बनाउँदै यो अफर ल्याएका छौँ,’ एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले भने ।

 

Leave A Comment