‘विद्यार्थी विदेशिनु दुःखलाग्दो’

आइतबार, १२ असार २०७३, ११ : ५० दिलीप पौडेल , Kathmandu
‘विद्यार्थी विदेशिनु दुःखलाग्दो’

धादिङमा जन्मिएर गाउँको विद्यालयबाट स्कुले शिक्षा लिएका डा. राजेन्द्र केसी अमेरिकामा उच्च शिक्षा हासिल गरेर स्वदेशकै शिक्षा क्षेत्रमा योगदान पु¥याउन फर्किएका व्यक्ति हुन् । सामाजिक, राजनीतिसँगै शिक्षा क्षेत्रमा क्रियाशील साउथवेस्टर्न स्टेट कलेज, काठमाडौँका कार्यकारी अध्यक्ष डा. केसीसँग शुक्रवारले गरेको कुराकानीः

विद्यार्थी प्यारो कि परिवार ?
दुवैभन्दा काम प्यारो ।
विद्यार्थीबाट के सिक्नुहुन्छ ?
आफूलाई अपडेट गराउँछु ।
कति किताब पढ्नुभयो ?
हजारभन्दा बढी पुस्तक पढेँ ।
सबैभन्दा बढी प्रभावित भएको पुस्तक ?
खप्तड स्वामीको खप्तड बाबा ।
व्यक्ति सफल हुन के गर्नुपर्छ ?
टिममा, टाइममा, रिजल्ट र एक्सन ओरिएन्टेड भएर काम गरे संसार जित्न सकिन्छ ।
विदेश घुम्दा के ल्याउन मन लाग्यो ?
यो विकास हाम्रो देशमा लैजान पाए हुन्थ्यो जस्तो लाग्छ ।
कति घण्टा काम गर्नुहुन्छ ?
सुत्नेबाहेक सधैँ काममा खटिन्छु । बिहान डेढ घण्टा स्वस्थ रहन समय दिन्छु ।
कसरी शिक्षा क्षेत्रमा आउनुभयो ?
लामो समय विकासमा काम गरेँ । अमेरिका पुगेर पीएचडी गरेँ । युरोप अमेरिकाको चलन एकेडेमिसियन भएपछि शिक्षामा काम गर्नुपर्छ भन्ने मान्यता छ । यही सोचले यहाँ आएर कलेज चलाएँ ।
यहाँको कलेजमा के कार्यक्रम छन् ?
नर्सरीदेखि पीएचडीसम्म अध्यापन हुन्छ । पीएचडीमा हामी अवार्ड गर्ने गरी होइन, विदेशी विश्वविद्यालयसँग समन्वय गरेर सहजीकरण गर्छौं । नेपालमा पीएचडी पढ्नेलाई न क्लास हुन्छ । न सुपरभाइजर पाउँछ । हेल्प डेस्कको रूपमा काम गर्ने गरेर हामीले कक्षा नै चलाएका छौँ ।
विद्यार्थीमा विदेश मोह किन ?
विद्यार्थीहरूमा लहरै चलेको छ । यो गलत हो । बहालवाला सचिव, मन्त्री, नेताले मेरो छोराछोरी बाहिर छ भनेर गर्व गर्छन् । विद्यार्थी या युवा विदेशिनु दुःख लाग्दो कुरा हो । कोरिया परीक्षामा ४० लाख युवा सहभागी भए । योभन्दा लाजमर्दो के हुन सक्छ ?
विदेश र स्वदेशको शिक्षामा अन्तर के ?
युरोप, अमेरिकामा सबैभन्दा राम्रो सरकारी कलेज, युनिभर्सिटी राम्रो । विद्यार्थी प्रतिस्पर्धा गरेर पाएसम्म सरकारीमै पढ्छ । त्यहाँ नपाए बल्ल निजीमा । तर, यहाँ ठीक उल्टो छ । यहाँ निजीमा नपढे लाज हुने । यो दुर्भाग्य हो ।
शैक्षिक क्षेत्रका कमजोरी ?
सबैले प्राप्तांकको प्रतिशत हेर्ने गलत ट्रेन्ड बसेको छ । विद्यार्थीले कम नम्बर ल्याए खत्तम भन्नु नै गलत हो । एकेडेमिक कोर्स, नम्बर चाहिन्छ । तर, त्यसको अतिरिक्त जीवन जिउने क्षमता, कला आवश्यक छ ।
तपाईंहरूले नै यस्तो सिकाएको होइन र ?
हामीले विद्यार्थीलाई व्यावहारिक बनाएका छौँ । विद्यार्थीलाई योग सिकाउछौँ, क्रिएटिभ क्लास दिन्छौँ, गाउँ घुमाउछौँ ।
शिक्षाले बेरोजगार उत्पादन ग¥यो भन्छन् नि ?
एकदम सही हो ।
त्यसको जिम्मेवार तपाईंहरू पनि त हो नि ?
हो, म त के भन्छु भने अहिलेको शिक्षाले ‘अनप्रोफेसनल’ मान्छे तयार गरेको छ । बेरोजगारकै कुरा, देशलाई हेर्नुस् न । अहिलेका हाम्रा नेता, प्रशासक यहाँकै उत्पादन हो । हार्वर्ड, क्याम्ब्रिज युनिभर्सिटी पढेका सबै सफल व्यवसायी, सफल नेता, कुशल प्रशासक हुन्छन् । तर, हाम्रोमा त्यस्तो हुन सकेन ।
के सुधार्नुप¥यो त ?
हाम्रो शिक्षामा विकृति छ । यो सरकारले परिवर्तन गर्नुपर्छ ।  निजी क्षेत्रले मात्र गरेर हुँदैन  ।
समय व्यवस्थापन कसरी गर्ने ?
संसारमा सबैलाई एउटै समय छ । सामान्य व्यक्तिदेखि अमेरिकी राष्ट्रपतिलाई पनि चौबीसै घण्टा हो । समयलाई चिनेर फरक ढंगले काम ग¥यो भने संसार चुम्न सक्छ । कसैले आफँैलाई चुम्न सकेको छैन ।

 

 

Leave A Comment