‘गीत नसुनेको दिन खल्लो हुन्छ’

मङ्गलबार, १८ माघ २०७३, ०१ : ३० मनोज घर्तीमगर , Kathmandu
‘गीत नसुनेको दिन खल्लो हुन्छ’

यज्ञबहादुर थापा
सांसद्, नेपाली कांग्रेस
 
किन राजनीतिमा लाग्नुभयो ?
मन्त्री बन्न वा सांसद् बन्न राजनीति गरिएन । विद्यार्थीकालमै पञ्चायती व्यवस्था मासेर प्रजातन्त्र ल्याउन राजनीतिमा लागियो ।
कुन नेताबाट प्रभावित हुनुहुन्छ ?
बीपी कोइरालाबाट ।
मनोरञ्जनका लागि के गरिन्छ ?
गीत सुन्छु । साथीभाइसँग गफगाफ गर्छु । गाउँघर घुम्न जान्छु ।
नेपाली फिल्म कत्तिको हेर्नुहुन्छ ?
कमै हेरिन्छ । १०/१२ वर्षपछि फिल्म ‘कालो पोथी’ र ‘छक्कापञ्जा’ हेरँे ।
कुनै नेपाली फिल्म दोहो¥याएर हेर्नुभा’छ ?
हेरेको छैन  ।
कस्ता फिल्म मन पर्छन् ?
चर्चित व्यक्तिको जीवनीमा आधारित प्रेरक फिल्म मन पर्छन् ।
गीतसंगीत कत्तिको सुन्नुहुन्छ ?
खूब सुन्छु । गीत सुन्न एकदमै मन पर्छ । गीत सुनिएन भने के भो के भो जस्तो लाग्छ । एफएममा समाचारपछि सबैभन्दा बढी गीत नै सुन्छु । गीत नसुनेको दिन खल्लो हुन्छ ।  
तपाईंको मन पर्ने गीत ?
‘गाउँगाउँबाट उठ, बस्तीबस्तीबाट उठ’ गीत खूब मन पर्छ ।
कस्ता गीत सुन्नुहुन्छ ?
यस्तै भन्ने त छैन । गीत सुन्दा रमाइलो महसुस हुनुपर्छ ।
मन पर्ने गायकगायिका को–को हुन् ?
भारतीय गायक मुकेश र नेपाली गायकगायिकामा प्रेमध्वज प्रधान, नारायण गोपाल, तारादेवी, रामकृष्ण ढकालका गीत सबैभन्दा धेरै सुन्छु ।
किताब कत्तिको पढ्नुहुन्छ ?
पहिला निकै पढ्थेँ । अहिले किताबभन्दा पत्रपत्रिका बढी पढिन्छ ।
पछिल्लो समय पढिएको किताब ?
घनश्याम खड्काको ‘निर्वाण’ ।
सामाजिक सञ्जालमा कत्तिको व्यस्त भइन्छ ?
फेसबुकमा जोडिएको छु । गाउँघरका कार्यक्रमका फोटो फेसबुकमा अपलोड गर्न छुटाउँदिनँ ।
कत्तिको फेसनप्रेमी हुनुहुन्छ ?
फेसनभन्दा पनि सहज हुने किसिमका लुगा लगाउँछु ।
मन पर्ने खेल ?
फुटबल ।
 

 

Leave A Comment