एउटा किन्दा अर्को सित्तैमा

आइतबार, १२ असार २०७३, ११ : ५४ शुक्रवार , Kathmandu
एउटा किन्दा अर्को सित्तैमा

एप्पल वल्र्ड मोबाइल प्रालिले एसएलसी परीक्षाको नतिजा आएको अवसरमा एलजीको एल ६० मोडल खरिद गर्दा अर्को सोही मोबाइल उपहार दिने योजना ल्याएको छ । गत आइतवारदेखि सुरु भएको उक्त योजनाअन्तर्गत चौधरी ग्रुपसँगको सहकार्यमा एप्पल वल्र्ड मोबाइल प्रालिले ल्याएको उक्त योजना स्टक रहुन्जेलसम्म चल्ने जनाएको छ ।
‘एक किन्दा अर्को मोबाइल फ्री’मा उपलब्ध गरिने यो एल ६० मोडलमा थ्रीजी, वाइफाई, एन्ड्रोइड ४.४.२ किटकाट अपरेटिङ सिस्टम, डुअल कोर प्रोसेसर र ३२ जीबीसम्म स्टोरेज एक्सपान्ड गर्न सकिनेजस्ता फिचर रहेको कम्पनीले जनाएको छ । ९ हजार ९ सय ९९ रुपैयाँ मूल्य तोकिएको यो फोन किन्दा अर्को फोन सित्तैमा दिने व्यवस्था एप्पल वल्र्ड र यसका आउटलेटबाट मिलाइएको एप्पल वल्र्डका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए ।
दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको एप्पल वल्र्ड मोबाइल, सीटीभी मोबाइल ताम्राकार पसल नं १३, चाबहिलस्थित केएल टावरमा रहेको सीटीभी लिंक इलोक्ट्रोनिक्स पसल नं एफ २८, सुन्धाराको सीटीसी मलको चौथो तल्लामा रहेको द वल्र्ड भिजन पसल नं ५२७ बाट यो अफर लिन सकिने कम्पनीले जनाएको छ । यो योजनाबाहेक सीटीभी मोबाइल ग्रुपले आफ्ना सबै आउटलेटमा एक्सचेन्ज अफर, ६० मिनेट केयर सर्भिसको सुविधा राखेको छ । आइफोन, हुवावे, एमआई, पानासोनिक, जियोनी, सामसङ, माइक्रोसफ्टलगायत ब्रान्डेड मोबाइल खरिदमा विशेष छुट रहेको विज्ञप्तिमा उल्लेख छ ।

 

 

Leave A Comment