मायाका लागि ‘डेडिकेटेड सिम’

बिहिबार, २० माघ २०७३, १२ : ५१ शुक्रवार , Kathmandu
मायाका लागि ‘डेडिकेटेड सिम’

अभिनयका लागि त सौगात धेरैका आदर्श हुन् भन्नेमा शंका छैन तर सौगात प्रेमीहरूका लागि पनि आदर्श बन्ने बाटोमा छन् । हालसालै प्रेममा परेका उनी यो सम्बन्धमा हदै सिरियस देखिन थालेका छन् ।  उनी यतिबेला पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग प्रेममा रहेको जगजाहेर छ । पोखरादेखि कुमारी हलसम्म सँगै स्पट भएपछि दुवैले आफ्नो प्रेम दुनियाँको नजरबाट लुकाउन सकेनन् । त्यसमा सृष्टि अलि रिजभ्र्ड देखिए पनि, सौगात भने खुलेरै आफ्नो र सृष्टिको सम्बन्धमा बोल्ने गरेका छन् । हालै पनि सौगातले सृष्टिसँग दिनमै कैयौँ पटक कुरा हुने गरेको बताए । तर, कुरा यत्तिमै मात्र सकिन्न, सौगातले सृष्टिसँग कुरा गर्न डेडिकेटेड सिम नै लिएको बताए । सौगातको यस्तो बयान बाहिरिएसँगै केहीले भन्न थालेका छन्– ‘माया गर्न त कसैले सौगातसँग सिकोस् ! अभिनयमा त सौगात धेरैका गुरु थिए नै अब प्रेमीहरूका लागि पनि बन्ने भए ।’

Leave A Comment