रोल चाहिँ नफेर्ने ?

सोमबार, २४ माघ २०७३, १२ : १२ शुक्रवार , Kathmandu
रोल चाहिँ नफेर्ने ?

अनमोल केसीका चार फिल्म रिलिज भए । पाँचौँ फिल्म ‘क्रृ’ सुटिङको सँघारमा छ ।  फिल्ममा  अनमोल यो पटक नयाँ हिरोइन अदिति बुढाथोकीसँग रोमान्स गर्दैछन् । अनमोलका फिल्ममा अनौठो समानता के देखिएको छ भने उनका फिल्ममा हिरोइन दोहोरिन्नन् । उनी हरेक पटक नयाँ हिरोइनसँग अनस्क्रिन रोमान्स गर्छन् । लक्की ब्वाई ! पहिलो फिल्म ‘होस्टल’मा उनले प्रकृति श्रेष्ठसँग जोडी बाँधेका थिए । दोस्रो ‘जेरी’मा आना शर्मासँग रिल र रियल दुवै खालै रोमान्स गरेका अनमोलले तेस्रो फिल्म ‘ड्रिम्स’मा भने साम्राज्ञीराज्यलक्ष्मी शाहसँग जोडी बाँधे ।  चौथौ फिल्म ‘गाजलु’मा भने अनमोल पूर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग देखिए ।
हरेक फिल्ममा हिरोइन बदल्ने आइडिया अनमोलको हो कि निर्माताको, उनीहरू नै जानून् । तर, अनमोललाई उस्तै भूमिकामा देख्दादेख्दा वाक्क भएका उनका शुभचिन्तकको भने आजभोलि एउटै कामना छ –‘हिरोइन हैन, अनमोलले रोल चेन्ज गर्न ध्यान दिए हुने ।’

 

Leave A Comment