२०७२ को सुरुवातमै नेपालीले महाभूकम्पको सामना गर्नुप¥यो । देश हल्लियो । धरहरा ढल्यो । घर ढल्यो । हजारौँले ज्यान गुमाए । लाखौँ घरबारविहीन भए । भूकम्पको पीडा बिर्सन नपाउँदै नेपालीले नाकाबन्दी झेल्नुप¥यो । अभावै अभावका बीच गुज्रिएको यो वर्ष नेपालीका लागि 'अनलक्की' बन्यो । विपद् र अभावको प्रभाव नेपाली फिल्म क्षेत्रमा पनि प¥यो । फिल्म कलाकारदेखि प्राविधिकसम्म भूकम्पबाट प्रभावित भए । फिल्मको निर्माण, वितरण र प्रदर्शन पनि केही समय नराम्रोसँग प्रभावित भयो । यसरी प्रभावित नेपाली फिल्म क्षेत्र कहिलेबाट लयमा फर्किएला ? प्रश्न नउठेको पनि होइन । यति हुँदाहुँदै पनि यो वर्ष ६७ वटा फिल्म रिलिज भए । झण्डै एक दर्जन फिल्मले लगानी पनि उठाए । यस्तो विपद्को सामना गर्नु नपरेका वर्षमा पनि फिल्म हिट हुनेको संख्या यति नै हुन्थ्यो । तसर्थ, यो संख्यालाई यो वर्ष नेपाली फिल्म क्षेत्रले सुखद नै ठान्नुपर्छ ।
nepalipatro-nagarik
यसो भन्दैमा नेपाली फिल्मको यथार्थबाट टाढा भाग्न सकिँदैन । 'क्वान्टिटी'मा बढी र 'क्वालिटी'मा कम फिल्म निर्माण हुने नेपाली फिल्मको ठूलो समस्या हो, जुन यो वर्ष पनि देखियो ।
मौलिक स्वादकै खोजी
सधैँ अर्काको कथा र विषयवस्तु नक्कल गर्न माहिर नेपाली फिल्मका निर्माता÷निर्देशकलाई यो वर्ष पनि नेपाली दर्शकले गतिलै जवाफ दिए । उनीहरूले भनिदिए– 'हामीलाई हाम्रै कथा चाहिन्छ । हामीलाई मौलिक स्वाद नै चाहिन्छ । त्यसो भयो भने हामी फिल्म हेर्छौं' । दीपेन्द्र के. खनाल निर्देशित 'पशुपतिप्रसाद', रामबाबु गुरुङ निर्देशित 'कबड्डी कबड्डी' र उज्जवल घिमिरे निर्देशित 'वडा नम्बर ६' यसको बलियो उदाहरण बने । यी तीनटै फिल्म नेपाली मौलिक कथामा बने । कुनै आयातीत मसलाको मिश्रण यी फिल्ममा पाइएन । फिल्मले पनि राम्रै व्यापार ग¥यो । बलियो 'माउथ अफ वर्ड'का कारण प्रदर्शन भएको तेस्रो सातासम्म पनि यी फिल्म हेर्न दर्शकको उपस्थिति राम्रै देखियो । 'पशुपतिप्रसाद' गाउँबाट मृत आमाबाको ऋण तिर्ने सपना बोकेर राजधानीमा संघर्ष गर्न छिरेको पात्रको कथा थियो । संघर्षका क्रममा उसले भोगेका विभिन्न आरोह–अवरोह फिल्ममा देखाइएको थियो । बहुसंख्यक दर्शकले यो फिल्म हेर्दा आफ्नै कथा हेरेको महसुस गरे । र, फिल्म चल्यो ।
त्यस्तै, दीपकराज गिरीको 'वडा नम्बर ६'ले माओवादी विद्रोहको कथा उठाएको थियो । कमेडी जान्रा भनिए पनि यो फिल्ममा नेपालीले भोगेको कथा थियो । त्यसैले दर्शकले आफ्नै कथा ठानेर फिल्म हेरे ।
'कबड्डी'को सिक्वेल 'कबड्डी कबड्डी'मा मुस्ताङको थकाली समुदायमा रहेको फुपुचेलाको प्रेम कथा नै उठाइएको थियो । तर, यो पल्ट प्रेममा राजनीति पनि घुसाइएको थियो । यो फिल्मलाई पनि दर्शकले 'अग्र्यानिक टेस्ट' भन्दै मन पराए ।
कथा होइन, आँशु बिक्यो
अघिल्लो वर्ष कस्ता फिल्म चले ? त्यसलाई नै मध्यनजर गरेर यो वर्ष निर्माता÷निर्देशकले फिल्म बनाएको पाइयो । अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनका कारण फिल्म 'कोहिनुर' हेर्न अघिल्लो वर्ष संवेदनास्वरूप दर्शकको हलमा ओइरो लागेको थियो । दर्शक रुवाएर फिल्म चलाउन चलाख निर्देशक विकास आचार्यको 'नाइँ नभन्नू ल–३' पनि
आँशुकै कारण चल्यो । 'टलकजंग भर्सेस टुल्के' र 'जेरी'ले पनि दर्शक रुवाएकै थिए । सायद यही कारण होला यो वर्ष अधिकांश निर्माता÷निर्देशकले आफ्नो फिल्ममा वियोगान्त अन्त्य राखे । जसरी भए पनि दर्शकको आँखाबाट आँशु झराउने नियत उनीहरूमा देखियो । यो वर्ष हिट मानिएको फिल्म 'प्रेमगीत'मा अभिनेता र अभिनेत्री दुवैलाई अन्त्यमा मारियो । विदेशिएका नेपालीको पीडा देखाउन खोजिएको 'परदेशी', 'राहदानी' देखि प्रेम कथामा बनेका फिल्म 'क्लासिक', 'ड्रिम्स' आदिमा पनि दुःखद र बिछोडात्मक अन्त्य नै पाइयो । दर्शकले पनि यस्तै फिल्म मन पराए । यसबाट प्रष्ट हुन सकिन्छ– 'नेपाली दर्शकले फिल्ममा कथाभन्दा बढी आँशु खोजिरहेका छन् । यहाँ फिल्ममा आँशु बिकिरहेको छ । '
बल्ल पर्दामा मधेश आयो
नेपाली फिल्ममा मधेश र मधेशी पात्रले खासै स्थान पाइरहेको थिएन । लोकेसन पनि राजधानी, पोखरा र चितवनमा मात्र सीमित देखिन्थ्यो । यसरी बनिरहेको नेपाली फिल्ममा यो वर्ष एकाएक परिवर्तन देखियो । थुप्रै फिल्ममा यो वर्ष मधेशको कथा राखियो । मधेशी पात्र फिल्मका प्रमुख पात्र बनाइए । निखिल उप्रेतीको 'भैरव'मा मधेशमा हुने सीमा दमनको कथा थियो । करिश्मा मानन्धरको 'फागु' पनि तराईमै केन्द्रित थियो । फिल्म 'होस्टेल रिटन्र्स'का प्रमुख पात्र नाजिर हुसेन पनि मधेशी पात्र नै थिए । 'रेशम फिलिली'का कामेश्वर चौराशियाले 'हरिनारायण मण्डल' बनेर मधेशी पात्रको भूमिका निर्वाह गरेका थिए । 'षडङ्ग'मा अभिनेता सौगात मल्ल मधेशी डनको भूमिकामा देखिएका थिए । यसरी यो वर्ष अधिकांश फिल्म मधेश केन्द्रित देखिए । त्यसैले यो वर्ष नेपाली फिल्मले आफ्नै देश भित्रको कथा खोज्ने ट्रेन्ड सुरु ग¥यो भन्दा फरक नपर्ला । यसले नेपाली दर्शकको लम्बाईलाई बढाउने काम पनि ग¥यो ।
झुक्किए दर्शक
गीत हिट हुँदा फिल्म हिट हुन्छ भन्ने मान्यता नेपाली फिल्म क्षेत्रमा व्याप्त छ । यही कारण फिल्म मेकर्सहरू फिल्म निर्माणभन्दा बढी मेहनत गीत निर्माणमा देखाउँछन् । यो वर्ष पनि थुप्रै फिल्मका गीत हिट भए । गीतकै कारण फिल्म हेर्न दर्शक हलसम्म सोझिए । तर, निराश भएर फर्किए । फिल्म 'रेशम फिलिली'को 'जालमा' बोलको गीतको अडियोमात्र रिलिज गरिएको थियो । त्यतिकै भरमा गीतले चर्चाको हद नै नाघिदियो । दर्शकले गीतको भिडियो र पूरा फिल्म नै राम्रो होला भन्ने अपेक्षा पनि गरे । त्यो अपेक्षा फिल्म रिलिज भइसकेपछि निराशामा बदलियो । फिल्म 'भाग् सानी भाग्', 'अधकट्टी', 'लुटेरा', 'फन्को', 'बीच बाटो', 'फूलैफूलको मौसम तिमीलाई', 'चलेछ बतास सुस्तरी' आदिका गीतलाई पनि दर्शक÷स्रोताले नरुचाएका होइनन् । तर, गीत जति राम्रो फिल्म नभएपछि दर्शकले यी फिल्म हेरिदिएनन् । गीतकै कारण फिल्म हेर्न हल पुगेका दर्शक निराश भएर फर्किए । र, उनीहरूले यस्ता फिल्मलाई दर्शक झुक्काउने फिल्मको संज्ञा दिए ।
निखारिएकाको खोजी
मिलेको जीउडाल र सुन्दर अनुहार खोज्ने नेपाली फिल्मले यो वर्ष अभिनयमा निखारिएकालाई बढी स्थान दियो । पटकथाका लागि पनि लेखनमा खारिएका साहित्यकारको प्रयोग ग¥यो । रंगमञ्चका कलाकारलाई फिल्ममा प्रवेश गराउने ट्रेन्डले व्यापकता पायो । रंगमञ्चका दयाहाङ राई, सौगात मल्ल, खगेन्द्र लामिछाने, अनुप बराल, नाजिर हुसेन, कामेश्वर चौराशिया, विजय बराल, बुद्धि तामाङ, कमलमणि नेपाल, मेनुका प्रधान आदि फिल्ममा जमे । यता फिल्म 'कबड्डी कबड्डी'को पटकथा साहित्यकार उपेन्द्र सुब्बाले लेखे । यसरी आ–आफ्ना विधामा निखारिएकालाई प्रयोग गर्ने ट्रेन्डको थालनी हुनु नेपाली फिल्मका लागि सुखद पक्ष हो ।
कस्ता फिल्म चलेनन् ?
नेपाली दर्शकले कस्तो फिल्म खोजिरहेका छन् ? त्यसको आंकलन नगरीकन बनाइएका फिल्म यो वर्ष नराम्रोसँग गुल्टिए । पुरानै शैली र पुरानै खालका कथालाई लिएर बनाइएका फिल्म यो वर्ष चलेनन् । हास्य कलाकार दीपकराज गिरीको टिमले '६ एकान ६' बनाएर सफलता हासिल गरेपछि थुप्रै फिल्म मेकर्सले यो वर्ष कमेडी फिल्ममा ध्यान दिएको देखियो । 'चंखे शंखे पंखे', 'अधकट्टी', 'काफल पाक्यो', 'सुश्री', 'भाग् सानी भाग्' आदि फिल्म दर्शक हँसाउने उद्देश्य बोकेर आए । तर, दर्शकले फिल्म नहेरेर उनीहरूलाई रुवाइदिए । अभिनेत्री प्रियंका कार्कीबाहेक अरू अभिनेत्रीका फिल्म यो वर्ष चलेनन् । प्रियंका अभिनीत 'वडा नम्बर ६' हिट बन्यो । अभिनेत्री केकी अधिकारीका 'फन्को' र 'भाग् सानी भाग्' दुवै फिल्म चलेनन् । निशा अधिकारी, निता ढुंगाना, अशिष्मा नकर्मी, सविन श्रेष्ठ, जीवन लुइँटेल, आर्यन सिग्देल, नम्रता श्रेष्ठलगायत कलाकारले पनि यस वर्ष सफलताको स्वाद खासै चाख्न पाएनन् ।
देखियो स्टारडम
अभिनेत्री रेखा थापाबाहेक कुनै पनि कलाकारका फिल्म हलमा स्टारडमका कारण चलिरहेका थिएनन् । तर, रेखालाई पनि उछिन्ने गरी देखिए अभिनेता अनमोल केसी । लगातार दुई फिल्म 'होस्टेल' र 'जेरी' हिट दिइसकेका अनमोलले यो वर्ष 'ड्रिम्स'बाट सफलतामा ह्याट्रिक मारे । दर्शक अनमोलको फिल्म भनेर हलसम्म पुगेको पाइयो ।
सिनेमाटोग्राफर 'हिरो'
फिल्म चलेपछि त्यसको जस कलाकार र निर्देशकले मात्र पाउँछन् । सिनेमाटोग्राफरको कुनै चर्चा हुँदैन । तर, यो वर्ष नेपाली फिल्ममा सिनेमाटोग्राफरको पनि चर्चा भयो । एकैदिन प्रदर्शनमा आएका दुई फिल्म 'क्लासिक' र 'प्रेम गीत' लाई छायांकार राजेश श्रेष्ठले खिचेका थिए । दुवै फिल्मको खिचाई र लोकेसनको बढी प्रशंसा भयो । 'ड्रिम्स' खिच्ने पुरुषोत्तम प्रधान र संजय लामाको कामको पनि खूब तारिफ भयो । यसरी पर्दा बाहिर रहने उनीहरूलाई दर्शक र समीक्षकले 'हिरो' ठाने । फिल्म कथावस्तु र अभिनयभन्दा बढी उनीहरूको छायांकनका कारण सुन्दर मानियो । फिल्म राम्रो बन्नमा सिनेमाटोग्राफरको भूमिका पनि महŒवपूर्ण हुन्छ भन्ने कुरा सायद फिल्म मेकर्सले यी फिल्मको सफलताबाट सिके ।
Leave A Comment