‘सीडी किनेर फिल्म हेर्छु’

सोमबार, २४ माघ २०७३, ०१ : २१ मनोज घर्तीमगर , Kathmandu
‘सीडी किनेर फिल्म हेर्छु’

दलबहादुर सुनार
नेकपा एमाले, सभासद्  

मनोरञ्जनका लागि के गर्नुहुन्छ ?
टीभीमा सिरियल हेर्छु । कार्यक्रममा जान्छु । कार्यक्रममा नाचगान भए म पनि सहभागी भइहाल्छु ।
नेपाली फिल्म कत्तिको हेर्नुहुन्छ ?
फिल्म त हेर्नै भ्याउँदिनँ । हलमा जान त झनै भ्याउँदिनँ । टीभीमा आएको फिल्म हेर्छु कहिलेकाहीँ । सीडी किनेर पनि फिल्म हेर्छु ।
दोहो¥याएर हेरिएको नेपाली फिल्म ?
फिल्म ‘बलिदान’ धेरै पटक दोहो¥याएर हेरेको छु ।
कस्ता फिल्म मन पर्छन् ?
सामाजिक विषयवस्तु बनेका अनि नेपालीपन भएका फिल्म मन पर्छन् ।
नेपाली फिल्म कस्ता लाग्छन् ?
नेपाली फिल्मको प्रगतिबाट सन्तुष्ट छु ।
हिरो बन्न मन लागेन ?
कलाकार भएकाले पहिले जनताका गीत गाउँथेँ । सुकुमवासी, उत्पीडित समुदाय, वर्ग, जाति र उनीहरूका मुक्तिका निम्ति गीत गाउँथेँ । यति गर्दागर्दै समय बितेछ, त्यतातिर ध्यानै गएन ।
गीतसंगीत कत्तिको सुन्नुहुन्छ ?
धेरै सुन्छु ।
कस्ता गीत सुन्नुहुन्छ ?
जनवादी गीत सुन्छु । ‘गाउँ–गाउँबाट उठ’ बोलको गीत सुनेर कहिल्यै धीत मर्दैन ।
मन पर्ने गायक÷गायिका ?
चन्द्रा गुरुङ, मधु गुरुङ, जेबी टुहुरे, रमेश अर्याल, आकाश थापा, साम्दे शेर्पालगायत गायकगायिका मन पर्छन् ।
किताब कत्तिको पढ्नुहुन्छ ?
पढ्छु । किताब नपढे त धेरै कुरामा अपडेट हुनै गाह्रो हुन्छ । समय मिलेसम्म किताब पढ्छु ।
सामाजिक सञ्जालमा कत्तिको व्यस्त भइन्छ ?
फेसबुक कहिलेकाहीँ चलाउँछु । खासै फुर्सद हुँदैन । म सहभागी भएको कार्यक्रमको फोटो राख्छु । पत्रपत्रिका, अनलाइन समाचार पढ्छु । राजनीतिक पार्टीका साथी, बाहिर रहेकाभाइसँग फेसबुकबाटै कुराकानी हुन्छ ।
कत्तिको फेसनप्रेमी हुनुहुन्छ ?
सामान्य पोशाकमै हिँड्छु । सर्ट–प्यान्ट बढी लगाइन्छ । तर, मलाई दौरासुरुवाल असाध्यै मन पर्छ ।  
कुन खेल मन पर्छ ?
भलिबल मन पर्छ । पहिला खूब खेलिन्थ्यो ।

 

Leave A Comment