सहवासको लागि पतिपत्नीबीच समझदारी

बुधबार, २६ माघ २०७३, १२ : १४ शुक्रवार , Kathmandu
सहवासको लागि पतिपत्नीबीच समझदारी

म २५ वर्षीया विवाहित महिला हुँ । मेरो पाँच वर्षको बच्चा छ । मलाई अहिले यौनसम्पर्कमा खासै रुचि हुँदैन । श्रीमान् यौनसम्पर्कका लागि आग्रह गर्नुहुन्छ तर मलाई मन लाग्दैन । मलाई किन यसो भएको होला ? यही कारण कतै घरबार बिग्रेला कि भन्ने डर लागिरहेको छ । यस्तो अवस्थामा के गर्न सकिन्छ ?   
एम

श्रीमान्–श्रीमतीबीच शारीरिक सम्पर्क बन्द भएपछि उनीहरूबीचको सम्बन्धमा पनि खटपट सुरु हुन्छ भन्ने मान्यता राख्नेहरू धेरै छन् । जवानी छ“दै दम्पतीबीच सहवास नहुनु भनेको निश्चय पनि राम्रो होइन । सहवास नहुँदा मनमुटाव बढ्छ,  अविश्वास पैदा हुन्छ र अन्तिममा दाम्पत्य जीवन नै टुंगिन बेर लाग्दैन । सहवासले दम्पतीमा एकअर्काप्रति विश्वास बढाउ“छ र सम्बन्धलाई अझै बलियो र दिगो बनाउ“छ ।
महिला वा पुरुÈमा उत्पन्न हुने सहवासप्रतिको अरुचिले सम्बन्धमा खटपट ल्याउने खतरा हुन्छ । महिलाहरू गर्भवती भइसकेपछि आफ्नो पार्टनरलाई आफूले यौन सन्तुष्टि दिन नसक्ने र पार्टनरको मन बिच्किन सक्ने भन्दै निकै चिन्तामा हुन्छन् । यो तनाव र चिन्ताले उनीहरूलाई यौनसम्पर्कका लागि झनै असमर्थ बनाउ“छ । त्यसैले यस्तो तनावबाट मुक्त हुनु सफल यौनजीवनको एक महŒवपूर्ण विÈय हो, जसबाट गर्भावस्थामा समेत महिलामा सहवासका लागि सÔमता वृद्धि हुन्छ र पुरुÈ पार्टनरले यौन सन्तुष्टि प्राप्त गर्छन् ।
बच्चाको जन्म भइसकेपछि श्रीमान्–श्रीमतीको यौन सुखमा केही असर पर्न सक्छ । श्रीमती बच्चाको हेरचाहमा व्यस्त तथा थकित बन्नुपर्ने र पुरुÈसमेत घरव्यवहारमा बढी नै सामेल हुनुपर्ने भएकाले यौनिक सन्तुष्टिको विÈय प्राथमिकतामा नपर्न सक्छ । तर, यस्तो अवस्थामा समेत दम्पतीले आफ्नो यौनजीवनमा ऊर्जा भर्न सक्छन् । त्यसका लागि केही समय बच्चाबच्चीलाई अभिभावक, केयर सेन्टर वा आफ्ना साथीहरूकोमा पठाएर दुईजना मात्रै कुनै नया“ ठाउ“मा घुम्न निस्कने वा बचेको समयलाई यौनिक सुखका लागि भरपुर उपयोग गर्नु हितकर हुन्छ ।
महिलाहरू आमा बनिसकेपछि यौनिक सुखका विÈयमा आत्मविश्वास गुमाउ“दै जाने मात्र होइन, आफ्ना श्रीमान्प्रति पनि बढी नै शंकालु बन्ने गर्छन् । पुरुÈ पनि श्रीमतीलाई घरधन्दा सबै सुम्पिएर एक्लै रमाउने प्रवृत्ति बढाउ“छन् र उनीहरूले श्रीमतीले आफूलाई समय नै नदिएको भनी गनगनसमेत सुरु गर्छन् । यस्तो अवस्थामा दम्पतीबीच मनमुटाव सुरु हुन बेर लाग्दैन । त्यसैले बच्चाको हेरचाह र घरधन्दाको काम एक्लैले नगरी आफ्नो श्रीमान्लाई समेत त्यसमा लगाउने र बा“डीचु“डी घरधन्दा गर्ने गरेमा प्रभावकारी बुझाइको विकास हुने मात्र होइन, समयको बचत हुने र बचेको समयलाई दम्पतीले चाहेअनुसार काममा लगाउन सक्छन् ।
आमा बनिसकेपछि महिलामा आफ्नो सौन्दर्यको विÈयलाई लिएर हीनताबोध बढ्दै जाने, यौनमा अरुचि बढ्ने तथा यौनसम्पर्क र यौनिक सुखका विÈयमा विश्वास घट्दै जानेजस्ता समस्या देखापर्छन् । यसले महिलाको पारिवारिक तथा यौनजीवनमा असर त पर्छ नै उनको पार्टनर वा श्रीमान्को हकमा समेत नकारात्मक असर पार्दै जान्छ र अन्ततः त्यसले पारिवारिक विखण्डनको अवस्थासमेत निम्त्याउन सक्छ । तसर्थ, दाम्पत्य सम्बन्धको मुख्य कडीको रूपमा रहेको सहवास वा यौनिक सुखको विÈयलाई सदाबहार बनाउन श्रीमान्–श्रीमतीबीच आपसी समझदारी हुनुपर्छ ।

 

Leave A Comment