यौन जीवन र डिप्रेसन

बिहिबार, २७ माघ २०७३, ०१ : ३७ शुक्रवार , Kathmandu
यौन जीवन र डिप्रेसन

–ओम बानिया“
सन् १९९० मा विश्व स्वास्थ्य संगठनले गरेको एक अध्ययनअनुसार डिप्रेसन चौथो प्रमुख रोग हो भने सन् २०२० सम्म डिप्रेसन दोस्रो प्रमुख रोग हुने अनुमान गरिएको छ । वास्तवमा डिप्रेसनको सही पहिचान नहुनु, लुकाउने–छुपाउने प्रवृत्ति तथा डिप्रेसनको उचित उपचार नहुनाले पनि डिप्रेसनको जटिलता थपिएको हो ।
डिप्रेसन महिला–पुरुष दुवैमा सेक्स समस्या पैदा गर्ने एक प्रमुख कारण हो । डिप्रेसनले यौन इच्छामा कमी ल्याउनुको साथसाथै यौन प्रक्रियामा समेत असर गर्ने गर्छ । डिप्रेस्ड महिलामा यौन इच्छामा कमी तथा चर्मोत्कर्षमा समस्या देखा पर्न सक्छ भने डिप्रेस्ड पुरुषमा यौन इच्छा तथा यौन क्षमतामा कमी आउन सक्छ । डिप्रेसनका कारण लिंगमा कडापना नआउने तथा शीघ्र पतनको समस्या पनि देखा पर्न सक्छ ।  यस्ता समस्याले डिप्रेसन झन् बढ्ने गर्छ । त्यसैले सेक्स समस्याबाट पीडित व्यक्तिले कतै आफू डिप्रेसनबाट पीडित त छैन भन्ने कुराप्रति ध्यान दिन जरुरी छ ।
डिप्रेसनको मूल लक्षण भनेको उदासीनता र खिन्नता हो । डिप्रेसन पीडित व्यक्तिको मन सधैँ उदास र निराश हुन्छ । कुनै पनि आनन्ददायक घटनाले उसलाई खुशी पार्दैन । डिप्रेसनको मनस्थिति आमरूपमा हुने उदासी र निराशाभन्दा फरक हुन्छ । हरेक मानिसको दैनिक जीवनमा उतारचढाव आउ“छन्, केही समय रहन्छन्, तर सुखद घटनास“गै मन पुनः खुशी हुन्छ । तर, डिप्रेसनमा चाहि“ यस्तो ह“ुदैन ।
डिप्रेस्ड मानिस उदास, थकित र उत्साहहीन हुन्छन् । उनीहरूमा साथीसंगीहरूस“ग हा“सखेल गर्ने या कनुै मनोरञ्जनका काम गर्ने रुचि नै हुँदैन । डिप्रेसनबाट पीडित अधिकांश स्त्री–पुरुष दुवैलाई सेक्सप्रति रुचि हु“दैन । अझ डिप्रेस्ड महिला बढी प्रभावित हुन्छन् ।
उत्साहहीनता र ऊर्जाहीनताका कारण शारीरिक क्षमतामा पनि कमी आउ“छ । अनि सेक्स प्रक्रियामा अवरोध देखा पर्छ ।
उचित उपचार गर्ने हो भने डिप्रेसन बिलकुल ठीक हुन्छ । डिप्रेसन ठीक भयो भने डिप्रेसनका कारण देखापरेका सेक्स समस्या पनि हराउ“छन् । पारिवारिक सम्बन्ध पुनःसुमधुर र प्रेममय हुन्छ । परिवारमा खुशी फर्किन्छ । एउटा उल्लेखनीय कुरा के भने डिप्रेसनले डिप्रेस्ड व्यक्तिको जीवनलाई मात्र प्रभावित गर्दैन । परिवारका सबैलाई पिरोल्छ ।
डिप्रेसनको उपचारको कुरा गर्दा औषधी (एन्टीडिप्रेसेन्ट) तथा मनोवैज्ञानिक टेक्निकहरू आउँछन् । त्यसो त कतिपय अवस्थामा वैकल्पिक चिकित्सा पनि प्रभावशाली मानिन्छ । युरोपतिर खासगरी जर्मनीमा सेन्ट जोन्स वर्ट नामक हर्बल मेडिसिनबाट नै डिप्रेसनको उपचार गर्ने गरिन्छ ।
डिप्रेसनको उपचारका लागि प्रायः साइकिएट्रिस्टहरूले औषधीलाई जोड दिन्छन् भने साइकोथेरापिस्टहरू कुराकानी (साइकोथेरापी) मा विशेष जोड दिन्छन् । तर, आरुन बेकको कग्निटिभ मोडलका अनुसार डिप्रेसनको प्रमुख कारण भनेको नै मानिसको सोच हो । यस मोडलका अनुसार नकारात्मक र अतार्किक सोचले नै डिप्रेसन पैदा गर्छ । त्यसैले डिप्रेसनको सर्वोत्तम उपचार विधि भनेको नै साइकोथेरापी हो, सिबिटी (कग्निटिभ बिह्याभियर थेरापी) हो । तर, कतिपय अवस्थामा साइकोथेरापीले प्रभावकारी रूपमा काम गरेन भने साइकिएट्रिक औषधी पनि स“गस“गै सेवन गर्नु राम्रो हुन्छ ।

Leave A Comment