कति पैसा आउँछ भाइ ?

शनिबार, २९ माघ २०७३, ०१ : ५५ शुक्रवार , Kathmandu
कति पैसा आउँछ भाइ ?

अनमोल केसीको एकान्तवासको चर्चा छ, आजभोलि । एउटा फिल्मका लागि अनमोलले कपाल पालेका छन् । त्यही कारण बाहिर निस्कन्नन् । तर, अनमोल पिता भुवन केसीलाई अनमोलको यही चर्चा क्यास गर्ने ध्याउन्न छ । कसैले अनमोललाई खोज्यो कि भुवन पैसाको चासो राखिहाल्छन् । अर्थात, पैसा आउँछ भने विचार गर्न सकिन्छ नत्र हैन । हालैको घटना हो..एउटा फोटोग्राफरलाई अनमोल केसीको फोटो खिच्नु पर्ने रैछ । भुवनसँग चिनजान भएका ती फोटोग्राफरले फोन गरेछन् । भुवनले सीधै सोधेछन् ‘फोटो खिचाएबापत पैसा कति आउँछ भाइ ?’
फोटोग्राफर छक्क । तर, संयोग यस्तो परेछ, यी फोटोग्राफर तिनै फोटोग्राफर परेछन् जसले भुवन केसीले बनाएको फिल्म ‘म तिमीबिना मरिहाल्छु’ को फोटोग्राफी गरेका थिए । तर, दुर्भाग्यवश सो कामको पैसा उनले आजसम्म पाएका  छैनन् । कहाँ जाने ÷नजाने, के गर्ने÷नगर्ने त्यो अनमोल र भुवन केसीको विवेकको कुरा हो । तर, आफूलाई चासहँ अनमोल ठान्ने अनि अरूको श्रम चाहिँ सित्तैमा खोज्ने बानी राम्रो हो र ?  

 

Leave A Comment