भ्यालेन्टाइन

आइतबार, ०१ फागुन २०७३, १२ : ३१ शुक्रवार , Kathmandu
भ्यालेन्टाइन


–क्यारोल एन डफी

न त रातो गुलाब
न रेशमी मुटु ।

म दिन्छु तिमीलाई
प्याज एउटा
खैरो कागजमा बेरिएको चन्द्रमा हो यो  
जसले दिन्छ उज्यालोको आभास
सचेततापूर्वक निर्वस्त्र भएकोे प्रेमले जसरी ।

यहाँ
कुनै प्रेमीले झैँ
यसले
आँशुले अन्धो बनाइदिनेछ तिमीलाई
बनाउनेछ यसले तिम्रो प्रतिविम्ब–
काँप्दो सन्तापको तस्बिर ।
म इमानदार बन्ने प्रयत्न गरिरहेकी छु ।

न त सुन्दर कार्ड
न चुम्बन–सन्देश नै ।

म दिन्छु तिमीलाई प्याज एउटा
यसको उग्र चुम्बन रहिरहनेछ तिम्रा ओठमा,
रोबदार र बफादार
हामीजस्तै   
र, जहिलेसम्म रहनेछौँ हामी ।

स्विकार मेरो यो प्याजलाई ।
यसका प्लेटिनम फन्दाहरू
विवाहको औँठीमा हुनेछन् संकुचित
तिमीले चाह्यौ भने ।   

घातक छ यो ।
यसको गन्ध टाँसिइरहनेछ
तिम्रा औँलामा
र, तिम्रो चक्कुमा ।

अनुवादः विनोदविक्रम केसी

 

Leave A Comment