प्रेममा पहिलो

मङ्गलबार, ०३ फागुन २०७३, ०१ : ३१ शुक्रवार , Kathmandu
प्रेममा पहिलो

पहिलो नजर

छुल्ठिम गुरुङ, अभिनेत्री
भनिन्छ, कोही मानिस एक नजरमै राम्रो लाग्छ । यो कुरा म पनि मान्छु । तर, म कसैबाट पनि एकै नजरमा प्रभावित चाहिँ भएको छैन । देख्दा राम्रो मान्छे घमण्डी हुन्छ जस्तो लाग्छ । मलाई मान्छेको लुकले भन्दा पनि व्यवहारले छिट्टै आकर्षित गर्छ । केटाहरूको ‘सिक्स प्याक’ले मलाई फरक पार्दैन । त्यो त पछि बनाएको हो र परिवर्तन हुन सक्छ । तर, व्यवहार परिवर्तित हुँदैन ।

पहिलो हात समाइ

पुष्पल खड्का, अभिनेता
चार वर्षअघिको कुरा हो । साथीहरूसँग लङ ट्रेकिङ गएको थिएँ । जाडो महिना थियो । उकालो बाटो त्यसमाथि भ¥याङ । मसँगै गएकी एक जना केटी साथीलाई उक्लिदा–उक्लिदा गाह्रो भएछ । उनले मलाई आफ्नो हात दिइन् । मैले नि उनको हात समाएँ । हामी दुवै जना सँगै भ¥याङ उक्लियाँै । उनको हात मेरो हातमा हुँदा भिन्नै  खालको अनुभूति भयो । भ¥याङ लामो थिएन एक छिनमै सकियो । त्यसपछि हाम्रो हात छुट्यो । त्यो बेला साह्रै नमज्जा लाग्यो । केही बेर अझै मेरो हातमा उनको हात भइदिएको भए हुन्थ्यो भन्ने लाग्यो ।
 
पहिलो बदमासी

सनम कठायत, मोडल
कसैलाई ठूलै आघात पुग्ने गरेरै चाहिँ बदमासी गरेको छैन ।  एउटा बदमासी चाहिँ गरेको छु, कसैको प्रेम नबुझेर । त्यतिखेर म प्लस टूमा पढ्थेँ । एक जना केटी साथीलाई साथीको रूपमा माया गरेको थिएँ । केही हदसम्म माया पनि बसेको थियो । फोन र चिठीमा लगभग दुई÷तीन वर्षसम्म आफ्ना भावना साटासाट ग¥यौँ । हाम्रो कलेज फरक–फरक थियो । हाम्रो सम्बन्धबारे म गम्भीर नभए पनि उनी चाहिँ सिरियस भइसकेकी रैछिन् । करिअरमा ध्यान दिनुपर्छ भनेर म आफैँ पछि हटेँ । यही हो मैले प्रेममा गरेको बदमासी ।

पहिलो प्रेम

 

सुशान्त कार्की, अभिनेता
म कक्षा ९ मा पढ्दाताकाको कुरा हो । भलिबल भनेपछि हुरुक्कै हुन्थे । साथीहरू जम्मा हुनेबित्तिकै भलिबल खेल्न गइहालिन्थ्यो । एक पटक भलिबल खेल्दा बल समात्ने क्रममा एक जना केटीसँग नमज्जाले ठोकिएँ । लडियो पनि । लडेपछि उनले मलाई एक झापड लगाइन् । त्यो झापड सम्झिँदा अहिले पनि झसङ्ङ हुन्छु । छ÷सात महिनापछि उनी नै मेरो पहिलो प्रेम भइन् । पाँच वर्षसम्म हाम्रो प्रेम सम्बन्ध रह्यो । उनी लाहुरेकी छोरी पढ्न यूके गइन् । म पनि आफ्नो करिअरतिर लागेँ । नेपाल फर्केपछि उनले बिहेको प्रस्ताव राखिन् । करिअर बिग्रेला भनेर मैले उनको प्रस्ताव अस्वीकार गरेँ । हामी समझदारीमा एकअर्कासँग छुटियौँ ।

प्रस्तुतिः सृजना खड्का

Leave A Comment