फलफूल कति बेला खाने ?

आइतबार, १५ फागुन २०७३, ०१ : ४८ शुक्रवार , Kathmandu
फलफूल कति बेला खाने ?

कतिपयको खानापछि अथवा खानासँग फलफूल खाने बानी हुन्छ । दूध र भातमा पाकेको आँप, केरा राखेर पनि धेरैले खान रुचाउँछन् । तर, आयुर्वेदले खानासँग मात्र होइन, खानाअघि र पछि फलफूल खान वर्जित गरेको छ । यसो गर्नाले पाचन प्रणालीमा समस्या आउने र यसले समग्र शरीरलाई हानि गर्ने आयुर्वेदमा भनिएको छ ।
पाहुना आए भने काटेको स्याउ र चिया अथवा कफी एकै साथ दिएर सत्कार गर्ने गरिन्छ । तर, यसले पाहुनालाई उल्टो हानि गर्छ । फलफूल दिने हो भने अरू केही दिनु हुँदैन । विभिन्न खाले फलफूल काटेर एक साथ दिने हो भने त्यस्ता फलफूलको स्वाद एउटै हुनुपर्छ । गुलियो फलफूलसँग अमिलो फलफूल खान पनि आयुर्वेदले वर्जित गरेको छ ।
–फलफूल खाएको कम्तीमा आधा घण्टापछि अन्य खानेकुरा खानुपर्छ । पानी खान पनि आधा घण्टा पर्खिनुपर्छ ।
–बेलुका अथवा राति फलफूल खानु हुँदैन । किनकि, यतिबेला फलफूल खाँदा पचाउन गाह्रो पर्छ । अंगुर भने राति पनि खान मिल्छ ।
–फलफूल खाने उत्तम समय बिहान हो । सुन्तला प्रजातिका फलफूलबाहेक बाँकी फलफूल बिहान खानु उपयक्त हुन्छ । केरा, स्याउ, किवी, आँप आदि बिहान खान उपयुक्त फलफूल हुन् ।

 

Leave A Comment