नोकिया ३३१० फेरि बजारमा

सोमबार, १६ फागुन २०७३, ०१ : ५० शुक्रवार , Kathmandu
नोकिया ३३१० फेरि बजारमा

नोकियाका नयाँ फोनहरू आउने क्रम जारी छ । कुनै बेला चर्चित मोबाइल ब्रान्ड नोकियाले नयाँ फोन सार्वजनिक गरेर बिस्तारै बजारमा फर्किन सुरु गरेको छ ।
नोकियाका फोन बनाउने कम्पनी एचएमडी ग्लोबलले बार्सिलोनामा हुने एमडब्लूसी २०१७ मा विभिन्न स्मार्टफोनका साथै फिचर फोन पनि सार्वजनिक गर्ने चर्चा बाहिर आएको छ । कम्पनीले कुनै समयको चर्चित मोडल नोकिया ३३१० को नयाँ भर्सन पनि सार्वजनिक गर्न लागेको हो । यो मोबाइल फोन कम्पनीको सबैभन्दा धेरै बिक्री भएको र प्रयोगमा आएको मोडल हो ।
नोकियाले ३३१० फोनलाई पुनः आधुनिक रूपमा ल्याउने हो वा होइन भन्ने अझै पनि स्पष्ट छैन त्यसको लागि मोबाइल वल्र्ड कंग्रेस २०१७ सम्म कुर्नैपर्ने हुन्छ ।
नोकियाले उक्त सम्मेलनमा एन सिरिजका फोनहरू नोकिया ३ तथा नोकिया ५ सार्वजनिक गर्ने अनुमान गरिएको छ । जुन एन्ड्रोइड नुगटमा आधारित बजेट स्मार्टफोन हुनेछन् भने माथिल्लो तहको नोकिया सिक्स स्मार्टफोन पनि ल्याउने अनुमान गरिएको छ ।
नोकिया सिक्स स्मार्टफोन हाल चिनियाँ बजारमा मात्र उपलब्ध रहेको छ ।

 

Leave A Comment