कक्षाकोठामा भेटिए अभिनेता अभय

बुधबार, १५ असार २०७३, ०४ : २३ शुक्रवार , Kathmandu
कक्षाकोठामा भेटिए अभिनेता अभय

अभिनेता अभय बराल स्कुले जीवनमा फर्किएका छन्। काठमाडौं मलस्थित थिएटर मलमा शुक्रबारदेखि मञ्चन भइरहेको ‘उपियाँको निबन्ध’ नाटकमा उनी स्कुले जीवनमा फर्किएका हुन्।
निर्देशक केदार श्रेष्ठले निर्देशन गरेको ‘उपियाँको निबन्ध’ का मूख्य पात्र अभिनेता अभयले ‘अध्याय’ र ‘होस्टेल रिटन्र्स’ लगायत फिल्ममा अभिनय गरिसकेका छन्। ‘गाँठो’ फिल्मको सुटिङ सिध्याएर फर्किए लगत्तै उनीले नाटकलाई निरन्तरता दिएका हुन्।
नाटकलाई थिएटर सेन्टर फर चिल्ड्रेन र थिएटर मलले संयुक्त रुपमा निर्माण गरेको हो। नाटक स्कुलको परिवेशमा बालबालिका र शिक्षकबीचको सम्बन्धमाथि केन्द्रित छ। परम्परागत नेपाली शिक्षकको आक्रोश र त्रासकाबीच विद्यार्थीले चतु¥याईलाई नाटकमा समेटिएका छ।
नाटकमा अभयसहित राजेन्द्र भट्ट, सञ्जिता सञ्जी, जीवन भट्टराई, बिनिता गुरुङ, लक्ष्मी वर्देवा, विजय ताम्राकार, शंकर भण्डारी, प्रकु पाण्डे, रोशन सुवेदी, ममता लामिछाने र दीपक चन्द लगायतले अभिनय गरेका छन् । नाटक आगामी साउन २ सम्म मञ्चन हुनेछ ।

 

Leave A Comment