लक्ष्मी स्टुडियोको शाखा विस्तार

शनिबार, २१ फागुन २०७३, ०१ : ०० शुक्रवार , Kathmandu
लक्ष्मी स्टुडियोको शाखा विस्तार

लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियोले ललितपुरमा तेस्रो शाखा विस्तार गरेको छ । कम्पनीले ललितपुर पुल्चोकस्थित भाटभटेनीमा सञ्चालनमा ल्याएको शाखाको चर्चित हास्यकलाकार सीताराम कट्टेल र कुञ्जना घिमिरेले उद्घाटन गरेका थिए । स्टुडियो उद्घाटन गर्न पुगेका उनीहरूलाई धुर्मुस सुन्तली फाउन्डेसनका लागि स्टुडियोले ५० हजार रुपैयाँ नगद सहयोगसमेत प्रदान गरेको छ ।
१७ वर्षदेखि राजधानीमा सञ्चालनमा रहेको लक्ष्मी हेयर एन्ड ब्युटी स्टुडियोले काठमाडाँैको महाराजगञ्ज र कोटेश्वर भाटभटेनी र पछि ललितपुरको भाटभटेनीमा शाखा विस्तार गरेको हो । स्टुडियोबाट महिला तथा पुरुषले सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा लिन सक्ने स्टुडियोका अध्यक्ष लक्ष्मी ठाकुरले बताए । ‘स्टुडियोले एक पटकमा १५ जनालाई सेवा प्रदान गर्न सक्छ,’ उनले भने ।

 

Leave A Comment