यसकारण खाने रायो साग

बिहिबार, २६ फागुन २०७३, ०२ : ११ शुक्रवार , Kathmandu
यसकारण खाने रायो साग

जोर्नी र हड्डी बलियो बनाउँछ
रायोको सागमा भिटामिन–के प्रशस्त मात्रामा पाइन्छ । भिटामिन केले हड्डीलाई आवश्यक पर्ने खनिज प्रदान गर्छ । साथै, यसले रगत जम्ने र अनावश्यक ठाउँमा क्याल्सियम जम्मा हुने क्रम पनि रोक्छ । हड्डी खिइने समस्या भएकाहरूका लागि रायोको साग लाभकारी हो ।
महिनावारीमा राहत दिन्छ
रायोको सागमा पाइने भिटामिन–केले महिनावारीका बेला जीउ दुख्ने समस्याबाट राहत दिन्छ ।
शरीरका विकार फाल्छ
रायोको सागमा भिटामिन ए, सी र के प्रचुर मात्रामा पाइन्छ । यी तीनटै तŒवले एन्टी अक्सिडेन्टको काम गर्छन् । रायोको सागमा पाइने म्याग्नेसियम र फोलेटजस्ता तŒवले शरीरमा जम्मा भएका विकारलाई विभिन्न माध्यमबाट शरीरबाहिर निकाल्छन् ।
स्मरणशक्ति बढाउँछ
उमेर बढ्दै गएपछि दिमागको सम्झने क्षमतामा ह्रास आउन थाल्छ । प्रतिदिन तीन पटक रायोको साग खाएर स्मरणशक्तिमा आउने ह्रासको समस्यालाई ४० प्रतिशतसम्म कम गर्न सकिने विभिन्न अनुसन्धानले देखाएका छन् ।
आँखा तेजिलो बनाउँछ
रायोको सागमा भिटामिन ए पाइन्छ । जो स्वस्थ आँखाका लागि अपरिहार्य हो । यसले रतन्धोलगायत आँखाका सम्पूर्ण समस्याबाट राहत दिलाउँछ ।
मुटु बलियो बनाउँछ
मुटुसम्बन्धी हरेक खालका समस्या भएकाले अथवा मुटुसम्बन्धी रोग नलागोस् भन्ने चाहनेले रायोको साग खानुपर्छ ।
क्यान्सरबाट जोगाउँछ
रायोको सागमा पाइने भिटामिन केले प्रोस्ट्रेट, कोलोन, पेट, नाक र मुखको क्यान्सर लाग्ने जोखिम कम गर्छ । कलेजोको क्यान्सर भएकाहरूका लागि पनि रायोको साग खानु राम्रो हो । भोजनमा रायोको साग नियमित खाँदा क्यान्सर लाग्ने जोखिम कम हुन्छ ।
डन्डीफोर कम गर्छ
रायोको सागमा पाइने तŒवले डन्डीफोरको समस्यालाई पनि समाधान गर्न मद्दत गर्छ । छालालाई इन्फेक्सनबाट जोगाउने तन्तुलाई यसले बलियो बनाउँछ ।
गर्भवतीलाई लाभ गर्छ
गर्भवती महिलालाई वाकवाकी आउने, टाउको दुख्ने आदि समस्या देखिन्छन् । शरीरमा भिटामिन केको कमीका कारण यस्तो हुनेगर्छ । रायोको सागमा भिटामिन के प्रचुर मात्रामा पाइने भएकाले यो गर्भव्ती महिलाका लागि उपयुक्त हुन्छ ।
रुघाखोकीबाट जोगाउँछ
रुघाखोकी लागिरहने मानिसले रायोका साग खानुपर्छ । रायो भिटामिन सीको राम्रो स्रोत हो । भिटामिन सीले रुघाखोकी, निमोनिया, फोक्सोको इन्फेक्सन आदिबाट जोगाउँछ ।
पत्थरी हुन दिँदैन
पिसाबनलीमा पत्थरी हुने जोखिमलाई पनि रायोको सागले कम गरिदिन्छ । पथरी भइसकेकालाई पनि यसले लाभ गर्छ ।
बाथका रोगीलाई राहत दिन्छ
रायोको सागले बाथका रोगीलाई राहत दिन्छ । यसमा कपर पाइन्छ, जसले बाथको पीडालाई कम गर्छ ।

रायोको साग खाँदा अपनाउनुपर्ने सावधानी
बढी नपकाउने
रायो बढी पकाउँदा यसमा पाइने उपयोगी पदार्थ हराएर जान्छन् ।
बेसार नहाल्ने
रायोको सागमा बेसार हाल्दा त्यसले स्वास्थ्यमा हानि गर्छ ।
राति नखाने
रायोको साग रातिको भोजनमा खानु हुँदैछ । राति रायो पच्न गाह्रो हुन्छ । बिहान अथवा दिउँसोको खाना र खाजामा रायोको साग खानु ठीक हो ।

 

Leave A Comment