कलाकारका होली योजना

शुक्रबार, २७ फागुन २०७३, ११ : १४ शुक्रवार , Kathmandu
कलाकारका होली योजना

पल शाह
म अहिले पोखरामा छु । एउटा गीतको सुटिङमा छु । पोखरामै होली खेलिन्छ ।
सलोन बस्नेत
साथीहरूसँग मिलेर होली खेल्ने योजना छ । तीनचार वर्षअघि बाइक चढेर होली खेल्दा दुर्घटना भएर हात भाँच्चिएको थियो । यस्तो गल्ती भने दोहो¥याउनेछैन ।

रिमा विश्वकर्मा
यस वर्ष होलीकै अवसरमा ललितपुरको सातदोबाटोमा एउटा कार्यक्रम हुने भएको छ ।  त्यो कार्यक्रमको होस्ट आफैँ गर्दैछु ।
आँचल शर्मा
मैले अहिलेसम्म घरबाहिर गएर होली खेलेको छैन । यो पालि भने ‘जोनी जेन्टलम्यान’को टिमसँग मिलेर होली खेल्ने योजना छ ।
पुष्पल खड्का
यसपालि जमेर मनाउने विचारमा छु । रङ र पानीको सम्पूर्ण आनन्द लिइन्छ ।

बेनिसा हमाल
विभिन्न ठाउँबाट होली खेल्न निम्ता आइसके । म त होली खेल्न आतुर भइसकेँ ।

Leave A Comment