कपाल रंगाउँदा हेक्का राखौँ

बिहिबार, १६ असार २०७३, ०३ : १७ शुक्रवार , Kathmandu
कपाल रंगाउँदा हेक्का राखौँ

–    गुणस्तरीय हेयर कलर प्रयोग गर्नुपर्छ ।
–    कपालमा रङ लगाउनुपूर्व कपालको संवेदनशीलता जाँच्नुपर्छ । यसलाई ‘प्याच टेस्ट’ भनिन्छ । पहिले पनि कलर गरिसकिएको छ भने जरुरी छैन । तर, नयाँ प्रोडक्ट प्रयोग गर्दा एकपटक प्याच टेस्ट गरेर मात्र कलर गर्नु राम्रो हुन्छ । प्याच टेस्ट गर्दा चिलाउने, पोल्ने, फुल्ने, फोकाहरू उठ्ने जस्ता समस्या भएमा हेयर कलर गर्नु हुँदैन । प्याच टेस्ट गर्दा कलर एजेन्ट र हाइड्रोजन पेरोअक्साड थोरैथोरै मिसाएर नाडी, कानको पछाडि लगाएर पाँचदश मिनेटपछि पुछ्ने र २४ घण्टासम्म साइड इफेक्ट वा एलर्जी हुन्छ वा हुँदैन, त्यो हेरेर मात्र कलर गर्नुपर्छ ।
–    कलर लगाउँदा एक्सपर्ट वा अनुभवीको हातबाट लगाउनु नै राम्रो हुन्छ । कपालको रङभन्दा गाढा, फिका वा फरक रङ कस्तो लगाउने हो, सोअनुरूप कलर र हाइड्रोजन पेरोअक्साइडको कन्सिसटेन्सी पनि छान्नुपर्छ । अन्यथा नचाहेको रङ निस्कने डर हुन्छ ।
–    पर्म वा सीधा बनाइएको कपाल वा पहिले नै रंगाइएको वा हाइलाइट, लोलाइट गरिएको कपाल वा पूरै ब्लिच गरिएको कपाल छ भने विशेष ध्यान दिनुपर्छ । नत्र कपाललाई हानि पुग्ने डर हुन्छ । यसलाई केमिकल ड्यामेज भनिन्छ । त्यसैले सुरक्षाका उपाय अपनाएर रङ लगाउनुपर्छ ।
–    कपाल झरेको, चाया परेको, घाउखटिरा आएको वा लामो बिरामी भएको अवस्थामा कपाल रंगाउनुहुँदैन । सुन्दर कपाल छ भने कलर गर्दा झनै सुन्दर देखिन्छ । कतिपय अवस्थामा समस्यायुक्त कपालमा पनि कलर गर्नुपर्ने हुन्छ । सही ट्रिटमेन्ट र सुरक्षित ढंगले कलर गर्दा परिणाम सुन्दर र स्वस्थ कपाल हुनपुग्छ । मेहदी लगाएको वा मेटालिक कलर प्रयोग गरिएको कपालमा नचाहेको रङ बस्ने डर हुन्छ ।
–    कलर गरिएको कपाललाई विशेष स्याहार गर्नुपर्छ । कलरलाई नउडाउने स्याम्पू प्रयोग गरी नुहाउनुपर्छ । कन्डिसनर र ट्रिटमेन्टको प्रयोग जरुरी हुन्छ ।  ब्लो ड्राई, आइरन आदि प्रयोग गर्दा हिट प्रोटेक्टर स्प्रे वा लोसन लगाएर मात्र गर्नुपर्छ । कडा घाम, हावा, प्रदूषणबाट बचाउन प्रोटेक्टिभ लोसन वा स्प्रे लगाउनुपर्छ । स्विमिङ गर्नुअघि अइलिङ गर्नु राम्रो हुन्छ । यसले क्लोरिनयुक्त पानीको दुष्प्रभावबाट कपाललाई बचाउँछ ।
–    गाढा कलर बसेमा ब्लिच बाथबाट फिका बनाउन सकिन्छ । र, फिका रङ भएमा आवश्यकता अनुसारको रङ थपेर मन परेको रङमा रंगाउन सकिन्छ । सुक्खा र पातलो कपालले छिटो कलर टिप्छ, तर बाक्लो र चिल्लो कपालमा रङ बस्न गाह्रो हुन्छ ।

 

Leave A Comment